झापा । यहाँको मेचीनगर–१५ ज्यामिरगढीस्थित निन्दा नदिमा रु. चार करोड ३८ लाखको लागतमा झोलुङ्गे पुल निर्माण भएको छ ।
शहरी विकास मन्त्रालयले निर्माण गरेको उक्त पुल तीन सय ५० मिटर लामो र पाँच फिट चौडाइको छ । पुलले विचार्नी बजारलाई हेल्दुबारीसँग जोडेको छ ।
उक्त स्थानमा पुल नहुँदा वर्षौदेखि ज्यामिरगढीका बासिन्दा विचानी–हेल्दुबारी ओहोर-दोहोर गर्न बर्खा याममा पाँच किलोमिटरभन्दा टाढा घुम्नुपर्ने बाध्यता थियो ।
पुल निर्माणका लागि मेचीनगर नगरपालिका र थानी कन्स्ट्रक्सन प्रा.लि. काठमाडौँबीच वि.सं. २०७९ असार २२ गते ठेक्का सम्झौता भएको थियो ।
-----

