२०८३, कार्तिक १२ गते बिहीबार

बल्थलीका दुई बस्तीमा खानेपानी

बल्थलीका दुई बस्तीमा खानेपानी


  • मेरोभ्यूज
  • भाद्र २७, २०८२ शुक्रबार

  • बल्थलीका दुई बस्तीमा खानेपानी

     

    काभ्रेपलाञ्चोक । पनौती नगरपालिका–११ स्थित बल्थलीमा सञ्चालित बाढीपहिरोले क्षतिग्रस्त खानेपानी आयोजना पुन:निर्माण गरिएको छ ।

    वि.सं. २०८१ असोजको बाढीपहिरोले क्षति पुर्याएको उक्त नेपाने–फ्याङखोला खानेपानी तथा सरसफाइ योजनालाई ‘ग्राभिटी सिस्टम’मार्फत पुन:निर्माण गरी बल्थलीका दुई बस्तीका उपभोक्तालाई पुनः खानेपानी उपलब्ध गराएको हो ।

    बल्थलीस्थित नेपानेका एक सय २३ र डाँडागाउँका ७२ घरपरिवार पुनः ‘एक घर, एक धारा’ कार्यक्रममा जोडिएका हुन् ।

    वि.सं. २०४७ मा निर्माण उक्त आयोजना २०७२ सालको विनाशकारी भूकम्प र गत असोजको बाढीपहिरोले क्षति पुर्याएपछि दाता संस्थाको सहयोगमा आर्थिक सहयोगमा पुन:निर्माण गरी उपभोक्तालाई सहज बनाएको उपभोक्ता समितिका अध्यक्ष कृष्णकुमार तामाङले जानकारी दिए ।

    उनका अनुसार रु. १९ लाख नौ हजार चार सय खर्चेर एक सय २३ धारासहित दुईवटा वीस हजार क्षमताको पानीट्याङ्की निर्माण गरिएको छ । यस्तै जनश्रमदानबाट रु. चार लाख १८ हजार खर्चिएको हो ।

    एक सय २३ परिवार नै तामाङ समुदायका हुन् । हाल खानेपानीको सुरक्षित प्रयोग, गुणस्तरीय खानेपानीका लागि उपभोक्ताको भूमिका र सरसफाइका तरिका बारे स्थानीय बालबालिकालाई समेत सचेत गराएको वडाध्यक्ष विपीन लामाले बताए ।

    उनका अनुसार विपत्तिपछि केही समयका लागि खानेपानीको हाहाकार हुँदा नगरबाट उपलब्ध सामग्रीमार्फत अस्थायी रूपमा खानेपानी व्यवस्थापन गरेका थिए ।


    प्रकाशित : शुक्रबार, भाद्र २७ २०८२१०:३२
  • शेयर:


  • मेरोभ्यूज
    मेराेभ्यूज डटकम हेराल्ड कम्युनिकेसन प्रा.लिले सञ्चालनमा ल्याएकाे आधिकारिक न्यूज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, अन्तर्वार्ता, सूचना प्रविधि तथा जीवनका विभिन्न आयामका सम्पूर्ण समाचार र विश्लेषणलाई समूचित रूपमा पस्कने छ।
    प्रतिक्रिया दिनुहोस्
    सम्बन्धित समाचार