२०८३, कार्तिक १२ गते बिहीबार

व्यावसायिक अकबरे खुर्सानीखेती

व्यावसायिक अकबरे खुर्सानीखेती


  • मेरोभ्यूज
  • भाद्र २७, २०८२ शुक्रबार

  • व्यावसायिक अकबरे खुर्सानीखेती

     

    तनहुँ । मुख्यमन्त्री जलवायुमैत्री नमूना कृषि गाउँ कार्यक्रमअन्तर्गत भीमाद नगरपालिका–९ मा व्यावसायिक अकबरे खुर्सानीखेती गरिएको छ ।

    यहाँका आठवटा टोल विकास संस्थामार्फत एक सय रोपनी क्षेत्रफलमा अकबरे खुर्सानीखेती गरिएको हो ।

    नेकपा (एमाले) भीमादका अध्यक्षसमेत रहेका कृषक इमानबहादुर थापाका अनुसार हालसम्म दुई हजार पाच सय किलो खुर्सानी बिक्री भइसकेको छ । हाल बजारमा प्रतिकिलोग्राम रु. पाच सयसम्म थोक मूल्य छ ।

    उनले भने, “विभिन्न स्थानबाट दुई–तीन क्विन्टल खुर्सानीको माग आइरहेको छ, यस ठाउँमा खुर्सानीखेती सफल बन्दै गएको छ ।” शुरुमा परीक्षणका रूपमा शुरु गरिएको खेतीबाट राम्रो उत्पादन भएपछि किसान उत्साहित छन् ।

    भीमाद नगरपालिकाले बीउ र मल्चिङ प्लास्टिकमा ५० प्रतिशत अनुदान उपलब्ध गराएका थिए ।

    नगरपालिकाले माटो परीक्षण, सिँचाइ पाइप तथा मलको थप व्यवस्थापन गरिदिए खेतीका लागि अझै सहज हुने व्यावसायिक किसान बताउँछन् ।

    उत्पादित खुर्सानी पोखरा, काठमाडौँ, चितवनजस्ता शहरबाट माग भइरहेको भानुमति नमूना कृषि गाउँका अध्यक्ष रणबहादुर गुरुङले बताए ।

    पूर्वमन्त्री किरण गुरुङले अकबरे खुर्सानीखेतीबाट किसानमा देखिएको उत्साहले सकारात्मक सङ्केत गरेको बताए ।

    स्थानीयस्तरमा रोजगारी सिर्जना गर्न र किसानलाई आर्थिकरूपमा सशक्त बनाउन सहयोग पुग्ने नगरप्रमुख दधिराज सुवेदीले बताए ।

    उनले भने, “आगामी दिनमा यस्ता कार्यक्रमलाई अझै व्यवस्थित र विस्तार गर्दै लैजाने योजना बनाएका छौँ ।”


    प्रकाशित : शुक्रबार, भाद्र २७ २०८२१०:४२
  • शेयर:


  • मेरोभ्यूज
    मेराेभ्यूज डटकम हेराल्ड कम्युनिकेसन प्रा.लिले सञ्चालनमा ल्याएकाे आधिकारिक न्यूज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, अन्तर्वार्ता, सूचना प्रविधि तथा जीवनका विभिन्न आयामका सम्पूर्ण समाचार र विश्लेषणलाई समूचित रूपमा पस्कने छ।
    प्रतिक्रिया दिनुहोस्
    सम्बन्धित समाचार