२०८३, कार्तिक ११ गते बुधबार

ठूलोखोला जलविद्युत् आयोजनाको परीक्षण उत्पादन शुरू

ठूलोखोला जलविद्युत् आयोजनाको परीक्षण उत्पादन शुरू


  • मेरोभ्यूज
  • भाद्र २७, २०८२ शुक्रबार

  • ठूलोखोला जलविद्युत् आयोजनाको परीक्षण उत्पादन शुरू

     

    म्याग्दी । म्याग्दीको रघुगङ्गा गाउँपालिका–८ कुइनेमङ्गलेमा निर्माण भएको २१ दशमलव तीन मेगावाट क्षमताको ठूलोखोला जलविद्युत् आयोजनाको परीक्षण उत्पादन शुरू भएको छ ।

    संयुक्त ऊर्जाका प्लान्ट म्यानेजर विनोद पौडेलले हाल आधा क्षमता (१२.५) मेगावाट मात्र उत्पादन गरेको आयोजनाले भदौको शुरूदेखि पूर्ण क्षमतामा व्यावसायिकरूपमा सञ्चालनमा आउने जानकारी दिए ।

    “आयोजनालाई पूर्ण क्षमतामा चलाउन अहिले पानीको समस्या छैन”, उनले भने, “विद्युत् गृहमा जडित मेसिनको कम्पन (भाइब्रेसन)लगायतका विषय परीक्षणकै क्रममा रहेकोले उत्पादन क्षमतामा घटबढ भएको हो ।”

    कुइनेमङ्गले र चिमखोलाको सीमाक्षेत्र फेदीमा बाँध रहेको यस आयोजनामा सुरूङ र पेनस्टक पाइप हुँदै ल्याइएको पानीलाई छरीस्थित रघुगङ्गा नदि किनारमा निर्माण भएको विद्युतगृहमा खसालेर विद्युत् उत्पादन थालिएको हो ।

    यस आयोजनामा तीन हजार तीन सय ८२ मिटर लामो सुरूङ र छ सय ३४ मिटर पेनस्टक पाइपलाइनबाट विद्युतगृहमा पानी खसालिएको छ ।

    आयोजनाबाट उत्पादित विद्युत् २३ किलोमिटर दूरीमा रघुगङ्गा गाउँपालिका–३ तिल्केनीचौरस्थित राहुघाट जलविद्युत् आयोजनाको स्विचयार्डबाट राष्ट्रिय प्रणालीमा जोडिएको छ ।

    गैरआवासीय नेपाली र नेपालीहरूको ३० प्रतिशत लगानी रहेको यस आयोजनामा ७० प्रतिशत बैंक तथा वित्तीय संस्थाको लगानी छ ।

    रु. तीन अर्ब ६० करोड लागत अनुमान गरिएको यस आयोजनामा नेपाल बैंक लिमिटेडको नेतृत्वमा सन्राइज बैंक, राष्ट्रिय वाणिज्य बैंक, सिद्धार्थ बैंकले लगानी गरेको आयोजनाले जनाएको छ ।

    आयोजनामा सिभिलतर्फ साकुरा पावर/त्रिपल एस जेभीले ठेक्का लिएको थियो भने इलेक्टो मेकानिकलतर्फको ठेक्का टोयर हाइड्रोले लिएको थियो ।


    प्रकाशित : शुक्रबार, भाद्र २७ २०८२१०:४७
  • शेयर:


  • मेरोभ्यूज
    मेराेभ्यूज डटकम हेराल्ड कम्युनिकेसन प्रा.लिले सञ्चालनमा ल्याएकाे आधिकारिक न्यूज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, अन्तर्वार्ता, सूचना प्रविधि तथा जीवनका विभिन्न आयामका सम्पूर्ण समाचार र विश्लेषणलाई समूचित रूपमा पस्कने छ।
    प्रतिक्रिया दिनुहोस्
    सम्बन्धित समाचार