तनहुँ । वनमा पानीको स्रोत मासिँदै गएपछि मानव वस्तीमा वन्यजन्तु आउन थालेपछि डिभिजन वन कार्यालयले वन्यजन्तुका लागि पोखरी निर्माण गरेको छ ।
मानव वन्यजन्तुद्वन्द्व व्यवस्थापनअन्तर्गत उक्त कार्यालयले जिल्लाका आठवटा सामुदायिक वनमा पोखरी निर्माण गरेको हो ।
वन अधिकृत काशीराज पण्डितका अनुसार गत आर्थिक वर्षमा म्याग्दे गाउँपालिका-३ स्थित सिद्धबतासन सामुदायिक वन, देवघाट गाउँपालिका-४ को आमडाँडा मोहोरिया सामुदायिक वन, ऋषिङ गाउँपालिका-३ को जनशक्ति सामुदायिक वन, सोही गाउँपालिकाको वडा नं. ४ मा रहेको बराहसेनी सामुदायिक वन, शुक्लागण्डकी नगरपालिका-२ स्थित तारा सामुदायिक वन, बन्दीपुर गाउँपालिका-२ को सिद्धथान सामुदायिक वन, भिमाद नगरपालिका-४ मा अवस्थित मसुरेगैरा सामुदायिक वनमा पोखरी निर्माण गरेको हो ।
पोखरी निर्माणका लागि प्रतिसामुदायिक वन रु. एक लाख प्रदान गरिएको उनले जानकारी दिए ।
एक लाखको लागतमा भानु नगरपालिका-९ स्थित वागीश्वरी सामुदायिक वनमा ‘रिचार्ज’ पोखरी निर्माण गरिएको छ ।

