२०८३, कार्तिक १२ गते बिहीबार

जनप्रतिनिधि व्यावसायिक स्याउखेतीमा रमाउँदै

जनप्रतिनिधि व्यावसायिक स्याउखेतीमा रमाउँदै


  • मेरोभ्यूज
  • आश्विन ४, २०८२ शनिबार

  • जनप्रतिनिधि व्यावसायिक स्याउखेतीमा रमाउँदै

     

    बागलुङ । छ वर्ष अघि ताराखोला गाउँपालिका-५ का अध्यक्ष मनबहादुर रोकाले परीक्षणका लागि जुम्लाबाट बिरुवा ल्याएर थालेको स्याउखेती अहिले व्यावसायिक खेतीमा परिणत भएको छ ।

    रोयल रेड र इटालिएन फुजी उनको बगानका आकर्षण बनेका छन् । प्रारम्भमा सय बिरुवा रोपेका उनले ८० वटा मात्र जोगाउन सफल भएको सुनाए । जातका स्याउको बिरुवा लिएर लगाएका रोकाको हाल एक सय ४० बोट छन् जसले फल दिएका छन् । उनको बगान चार रोपनीमा फैलिएको छ । उनी छ रोपनीमा खेती विस्तार गर्ने योजनामा छन् । अध्यक्ष रोकाले भने, “अब दस रोपनीमा खेती गर्ने सोचमा छु ।”

    स्याउखेतीका निम्ति उनले रु. एक लाख ५० हजार लगानी गरेको बताए । विभिन्न निकायले अनुदानमा बिरुवा दिँदा खासै खर्च परेको छैन । यस वर्ष करिब चार क्विन्टल स्याउ उत्पादन भएको अध्यक्ष रोकाले बताए ।

    कृषि ज्ञान केन्द्रका प्रमुख राजेश्वर सिलवाल सँचाइ हुने, पानी कम पर्ने र घाम बढी लाग्ने स्थानमा स्याउखेती उपयुक्त हुने बताउँछन् । ढोरपाटन र निसेल ढोरमा व्यावसायिकरूपमा स्याउखेती हुँदै आएको छ ।

    जिल्लाभर ५६ दशमलव ९२ हेक्टर क्षेत्रमा स्याउखेत हुने गरेको जानकारी दिँदै उनले बर्सेनी तीन सय ३१ दशमलव दुई मेट्रिक टन स्याउ उत्पादन हुने बताए ।


    प्रकाशित : शनिबार, आश्विन ४ २०८२०१:३१
  • शेयर:


  • मेरोभ्यूज
    मेराेभ्यूज डटकम हेराल्ड कम्युनिकेसन प्रा.लिले सञ्चालनमा ल्याएकाे आधिकारिक न्यूज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, अन्तर्वार्ता, सूचना प्रविधि तथा जीवनका विभिन्न आयामका सम्पूर्ण समाचार र विश्लेषणलाई समूचित रूपमा पस्कने छ।
    प्रतिक्रिया दिनुहोस्
    सम्बन्धित समाचार