२०८३, कार्तिक ११ गते बुधबार

स्याउ बगैँचाभित्र घाँस

स्याउ बगैँचाभित्र घाँस


  • मेरोभ्यूज
  • आश्विन ४, २०८२ शनिबार

  • स्याउ बगैँचाभित्र घाँस

     

    मुस्ताङ । यहाँका स्याउ बगैँचाभित्र विभिन्न किसिमका हिउँदे तथा बर्खेबाली लगाउने प्रचलन विद्यमान छ ।

    यहाँका किसानले स्याउ बगैँचाभित्र अन्तरबालीका रूपमा, उवा, फापर, जौ, मकै, तोरी, सिमी, बोडी, आलु, तरकारीलगायत अन्नबाली उत्पादन गरी दोहोरो मुनाफा कमाउँदै आएका छन् ।

    पछिल्लो समय घरपझोङ गाउँपालिका–४ जोमसोमका किसान तेज गुरुङ (ताङ्वे)ले आफ्नो स्याउ बगैँचाभित्र अन्नबालीको विकल्पमा ‘राई घाँस’ उत्पादन गर्दै आएको हो । हिउँदयाममा घाँसको अभाव हुने भएकोले वैकल्पिक खेतीमा जोड दिएको उनले बताए ।

    हिउँदयाममा पशुचौपायालाई खुवाउन र बढी भएको घाँस बिक्री गर्न सकिने भएकाले स्याउ बगैँचाभित्र अन्तरबालीका रूपमा राई घाँस उत्पादन गर्दै आएको किसान ताङ्वेले बताए । गत पुस–माघमा बगैँचाभित्र छरेको घाँस उम्रिएर अहिले हरियाली भएको उनको भनाइ छ ।

    घरपझोङका किसान ताङ्वे यतिबेला स्याउ बगैँचाभित्र लगाइएको घाँस स्याहार्न व्यस्त छन् । उक्त घाँस परम्परागत पद्धतिबाट नभइ आधुनिक उपकरण ‘हाते रिफर’का माध्यमबाट काट्न थालेको उनले जानकारी दिए ।

    परम्परागत पद्धतिबाट घाँस काट्दा जनशक्ति बढी लाग्ने भएकोले आधुनिक उपकरण प्रयोग गरिएको बताउँदै उनले यसबाट समय बचत हुने, आर्थिक भार कम पर्ने, उपयोगी र कम झन्झटिलो भएको उल्लेख गरे । “घाँस काटेर बगैँचाभित्रै बिस्कुन सुकाएको झै दुई–तीन दिनसम्म सुकाउनुपर्छ । यसरी सुकाइएको घाँसलाई बेलाबेलामा हातले वा लठ्ठीको सहायताले पल्टाउनुपर्छ । यसो गर्दा घाँस छिटो सुक्छ”, उनले भने ।

    घाममा सुकाइएको घाँसलाई सिधैँ भण्डार गरेर सुरक्षित राख्न सकिने ताङ्वेले जानकारी दिए । “कतिपयले सुकुटीलाई चुल्ठी पारेर थन्क्याउने गर्छन् । यसरी आलो घाँसलाई सुकटीका रूपमा तयारी गर्दा हिउँदयाममा घाँसको अभाव हुँदा पशुचौपायालाई खुवाउन सजिलो हुन्छ”, उनले भने ।


    प्रकाशित : शनिबार, आश्विन ४ २०८२०१:४१
  • शेयर:


  • मेरोभ्यूज
    मेराेभ्यूज डटकम हेराल्ड कम्युनिकेसन प्रा.लिले सञ्चालनमा ल्याएकाे आधिकारिक न्यूज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, अन्तर्वार्ता, सूचना प्रविधि तथा जीवनका विभिन्न आयामका सम्पूर्ण समाचार र विश्लेषणलाई समूचित रूपमा पस्कने छ।
    प्रतिक्रिया दिनुहोस्
    सम्बन्धित समाचार