२०८३, कार्तिक १२ गते बिहीबार

पर्वतका एक हजार नौ सय घरमा धारा

पर्वतका एक हजार नौ सय घरमा धारा


  • मेरोभ्यूज
  • आश्विन १४, २०८२ मंगलबार

  • पर्वतका एक हजार नौ सय घरमा धारा

     

    पर्वत । गत आर्थिक वर्ष २०८१/०८२ मा पर्वतमा एक हजार नौ सय घरधुरीमा धारा जडान गरिएको छ ।

    जिल्लाका सातवटै स्थानीय तहमा सञ्चालित विभिन्न योजनाबाट ‘एक घर, एक धारा’ विस्तार गरिएको हो । सरकारको लक्ष्य अनुसार खानेपानीको पहुँच विस्तार गरिएको खानेपानी तथा सरसफाइ डिभिजन कार्यालयले जनाएको छ । योसँगै जिल्लाका १८ हजार दुई सय घरधुरीमा धाराको पहुँच पुगेको छ ।

    कार्यालयका अनुसार गत आ.व.मा सञ्चालनमा रहेका प्रदेशतर्फका ७४ आयोजना सम्पन्न भएका छन् ।

    प्रदेश सरकारतर्फका योजनाबाट एक हजार दुई सय ४२ घरधुरीमा धारा जडान गरिएका छन् । सङ्घीय सशर्त अनुदानतर्फका १८ वटा आयोजनाबाट पाच सय ५४ घरधुरीमा धारा जडान गरिएको कार्यालय प्रमुख किरण पौडेलले जानकारी दिए ।

     

    प्रमुख पौडेलकाअनुसार पुनःस्थापना कार्यक्रमअन्तर्गतका १८ वटा आयोजना सम्पन्न गरी थप ९६ घरधुरीमा धारा जडान गरिएको छ ।

    खानेपानीको पहुँच पुगेपछि उपभोक्ताहरु हर्षित बनेका छन् । विगतमा खोला, कुवा, पँधेरा इनारलगायतका स्रोतबाट पानी उपभोग गर्ने गरेका नागरिकको घरमै धारा जडान गरिएको हो ।

    खानेपानी योजनाका लागि गत आर्थिक वर्षमा कार्यालयले प्रदेशतर्फबाट रु. १२ करोड ३९ लाख बजेट प्राप्त गरेको छ । जसमध्ये रु. एक करोड ८९ लाख खर्च भइसकेको कार्यालय प्रमुख पौडेलले जानकारी दिए ।

    सङ्घीय सशर्त अनुदानबाट रु. एक करोड ५९ लाख बजेटमा एक करोड ५२ लाख खर्च गरेको हो ।

    पुनःस्थापना कार्यक्रमका लागि प्राप्त रु. एक करोड आठ लाख बजेटमा रु. एक करोड तीन लाख खर्च गरेर आयोजना सम्पन्न भएको जनाइएको छ ।

    कार्यालयले सङ्घीय र प्रदेश गरी कूल रु. १५ करोड छ लाख बजेटमा रु. १४ करोड ८६ लाख खर्च गरी कूल ९८ प्रतिशत प्रगति हासिल गरेको डिभिजन प्रमुख पौडेलले जानकारी दिए ।

    पैतीस हजारभन्दा बढी घरधुरी रहेको पर्वतमा १७ हजार घरधुरीमा धारा जडान हुन बाँकी छ ।


    प्रकाशित : मंगलबार, आश्विन १४ २०८२०९:२९
  • शेयर:


  • मेरोभ्यूज
    मेराेभ्यूज डटकम हेराल्ड कम्युनिकेसन प्रा.लिले सञ्चालनमा ल्याएकाे आधिकारिक न्यूज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, अन्तर्वार्ता, सूचना प्रविधि तथा जीवनका विभिन्न आयामका सम्पूर्ण समाचार र विश्लेषणलाई समूचित रूपमा पस्कने छ।
    प्रतिक्रिया दिनुहोस्
    सम्बन्धित समाचार