२०८३, कार्तिक १२ गते बिहीबार

तीन हजार घरमा खानेपानी सेवा विस्तार

तीन हजार घरमा खानेपानी सेवा विस्तार


  • मेरोभ्यूज
  • आश्विन १८, २०८२ शनिबार

  • तीन हजार घरमा खानेपानी सेवा विस्तार

     

    तनहुँ । एक वर्षमा जिल्लाका तीन हजार घरमा खानेपानी सुविधा विस्तार भएको छ ।

    खानेपानी तथा सरसफाइ डिभिजन कार्यालयले आर्थिक वर्ष २०८१/०८२ मा जिल्लाका दुई हजार नौ सय २७ घरमा खानेपानी सुविधा विस्तार गरेको हो ।

    कार्यालय प्रमुख शम्भुराज खनालका अनुसार गण्डकी प्रदेश सरकारमार्फत दुई हजार दुई सय २१, सङ्घ सरकार सशर्त कार्यक्रमबाट दुई सय २६ र विशेष अनुदानमार्फत चार सय ८० घरमा खानेपानी सुविधा विस्तार भएको छ ।

    अघिल्लो आ.व.मा जिल्लाका दुई हजार घरमा खानेपानी सुविधा पुगेको थियो ।

    आर्थिक वर्ष २०८२/०८३ मा जिल्लाका चार हजार तीन सय घरमा खानेपानी सुविधा विस्तार गर्ने कार्यालयको लक्ष्य रहेको प्रमुख खनालले जानकारी दिए ।

    कार्यालयका लागि आ.व. २०८१/०८२ मा पूँजीगततर्फ रु. ४३ करोड दुई लाख बजेट विनियोजन भएकोमा रु. ३९ करोड ४६ लाख ९१ हजार खर्च भएको छ ।


    प्रकाशित : शनिबार, आश्विन १८ २०८२०७:५२
  • शेयर:


  • मेरोभ्यूज
    मेराेभ्यूज डटकम हेराल्ड कम्युनिकेसन प्रा.लिले सञ्चालनमा ल्याएकाे आधिकारिक न्यूज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, अन्तर्वार्ता, सूचना प्रविधि तथा जीवनका विभिन्न आयामका सम्पूर्ण समाचार र विश्लेषणलाई समूचित रूपमा पस्कने छ।
    प्रतिक्रिया दिनुहोस्
    सम्बन्धित समाचार