२०८३, कार्तिक १३ गते शुक्रबार

निगुरो बिक्रीबाट खर्च चलाउन सहज

निगुरो बिक्रीबाट खर्च चलाउन सहज


  • मेरोभ्यूज
  • आश्विन १९, २०८२ आइतबार

  • निगुरो बिक्रीबाट खर्च चलाउन सहज


    भोजपुर । गाउँघरका खोलाखोल्सीमा पाउने निगुरो यहाँका स्थानीयको आम्दानीको स्रोत बनेको छ ।

    सडकको पहुँच विस्तार भएपछि यहाँका स्थानीयले निगुरो बिक्रीबाट आम्दानी गर्न थालेका हुन् ।

    दुर्गम क्षेत्रको खोलाखोल्सी तथा वनपाखामा पाइने निगुरो ठूला शहरहरुमा पुग्न थालेको छ ।

    टेम्केमैयुङ-५ चोलन्ती, मझौले गाउँका स्थानीयले वनजङ्गलबाट सङ्कलन गरेको निगुरो धरान, इटहरी, विराटनगर, झापा, काठमाडौंलगायत शहरमा जाने गरेको टेम्केमैयुङ-५ का स्थानीय डम्बरबहादुर विष्टले जानकारी दिए ।

    विगतमा त्यत्तिकै वनपाखा, खोलाखोल्सीमा खेर गइरहेका निगुरोले अहिले गाउँघरमा नै राम्रो मूल्य पाउने गरेको उजको भनाइ छ । निगुरो लिनका लागि ठेकेदार गाडी लिएर नै गाउँघरमा पुग्ने गरेका छन् ।

    “यहाँका वनपाखामा पाइने निगुरो बिक्री हुन थालेको छ”, उनले भने, “सडक विस्तार भएपछि बेचबिखन गर्न सहज छ । बर्सेनी यो याममा सङ्कलन गरेर बिक्री गर्दै आएका छौं । निगुरो बिक्रीबाट घरखर्च चलाउन सहज छ ।”

    सङ्कलन गरिएको निगुरो प्रतिकेजी रु. ४० सम्ममा घरबाट नै ठेकेदारले लैजाने गरेका छन् ।

    पात भएको भन्दा डाँठमात्र भएको निगुरोले राम्रो मूल्य पाउने स्थानीय लालबहादुर विष्टले बताए ।

    निगुरो बिक्रीबाट परिवारको घरखर्च धान्न सहज भएको उनले जानकारी दिए ।

    एक जनाले एक दिनमा एकदेखि दुई डोकोसम्म निगुरो सङ्कलन गर्ने उनको भनाइ छ ।

    “खोलाखोल्सीको निगुरो शहरबजारमा जान थालेको छ”, उनले भने, “निगुरो हुर्किएपछि गाईवस्तुलाई सोतरका रूपमा प्रयोग गर्दै आएका थियौँ । अहिले त्यही निगुरोले मूल्य पाएको अवस्था छ । सङ्कलित निगुरो बिक्रीका लागि कुनै समस्या छैन ।”

    उनीउ प्रजातिमा पर्ने निगुरो पहाड र तराई सबैतिरका वनजङ्गल तथा खोलाखोल्सीमा पाइने वनस्पति हो । निगुरो पहाडी क्षेत्रमा बढी मात्रामा पाइने भए पनि यहाँका गाउँघरका स्थानीयले भने कमैले मात्र खाने गरेका छन् ।

    स्थानीयवासीले बर्खायाम शुरु भएपश्चात जेठ-असारबाट कात्तिक महिनासम्म निगुरो बेच्दै आएका छन् ।

    वनजङ्गलमा सजिलै पाइने, निगुरो अर्ग्यानिक हुने भएकोले शहरका मानिसको रोजाइमा पर्ने गरेको छ । तराईमा पाइने निगुरोभन्दा पहाडी क्षेत्रबाट जाने डाँठे निगुरोको बजारमा राम्रो माग छ ।


    प्रकाशित : आइतबार, आश्विन १९ २०८२०९:०९
  • शेयर:


  • मेरोभ्यूज
    मेराेभ्यूज डटकम हेराल्ड कम्युनिकेसन प्रा.लिले सञ्चालनमा ल्याएकाे आधिकारिक न्यूज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, अन्तर्वार्ता, सूचना प्रविधि तथा जीवनका विभिन्न आयामका सम्पूर्ण समाचार र विश्लेषणलाई समूचित रूपमा पस्कने छ।
    प्रतिक्रिया दिनुहोस्
    सम्बन्धित समाचार