२०८३, कार्तिक १३ गते शुक्रबार

अकबरे खुर्सानी खेती

अकबरे खुर्सानी खेती


  • मेरोभ्यूज
  • आश्विन १९, २०८२ आइतबार

  • अकबरे खुर्सानी खेती

     

    तनहुँ । जिल्लाको ऋषिङ गाउँपालिका-८ अर्चलेका किसानले सामूहिकरूपमा पहिलो पटक अकबरे खुर्सानी खेती थालेका छन् ।

    अर्चले कृषक समूहमा आबद्ध भएका २५ जना किसानले २२ रोपनीमा व्यावसायिक खुर्सानी खेती गरेका हुन् ।

    उत्पादित खुर्सानी प्रतिकिलो रु. दुई सय ५० देखि रु. तीन सय ५० सम्म बिक्री हुने गरेको समूहका सदस्य गञ्जसिं गुरुङले जानकारी दिए ।

    उनले भने, “पहिलो चरणमा एक हजार किलो खुर्सानी बिक्री गरिसकेको छ, बिक्रीका लागि बजारको समस्या छैन, तर मूल्य उचित पाउन सकिरहेका छैनौँ ।”

    उत्पादित खुर्सानी जिल्लाको भीमाद, दुलेगौँडादेखि पोखराका बजारमा बिक्री गर्दै आइएको किसान बताउँछन् । पहिलो चरणमा रु. दुई लाख बढीको खुर्सानी बिक्री गरिसकेको कृषक समूहले जनाएको छ ।

    गाउँपालिकाले खुर्सानका बेर्ना र सिँचाइका लागि ७५ प्रतिशत अनुदान सहयोग गरेको थियो ।

    शुरुमा सामूहिकरूपमा रु. छ लाख लगानी गरिएको समूहका अध्यक्ष मिनबहादुर गुरुङले बताए ।

    वैशाखको अन्तिम साता बिरुवा ल्याएर खेती थालिएको बताउँदै उनले भने, “बिरुवा लगाएको दुई महिनामा फल्न शुरु भएको छ, अब दोस्रो चरणको बिक्रीका लागि तयारी भइरहेको छ ।”

    ऋषिङ साना किसान कृषि सहकारी संस्थाका अध्यक्षसमेत रहेका गञ्जसिंले पशुपालन र कृषि व्यवसायका लागि किसानलाई सहुलियत दर (सात प्रतिशत)मा ऋण उपलब्ध गराउँदै आएको बताए ।

    “गाउँका युवा विदेशिनेक्रम बढ्दै गएको अवस्थामा युवालाई स्वदेशमा बसेर काम गर्ने वातावरण र रोजगार सिर्जना गर्ने पहल थालेका हौँ”, उनले भने ।

    उत्पादनका लागि यहाँको माटो उर्वरायुक्त रहेकोले जे खेती लगाउँदा पनि प्रशस्त आम्दानी लिन सकिने किसान बताउँछन् ।

    जमिन बाँझो नराख्ने अभियानअन्तर्गत एक सय ४० रोपनीमा सुन्तला खेती शुरुवात गरिसकेको समूहका सदस्य गञ्जसिंले जानकारी दिए ।

    उनले भने, “एक हजार सुन्तलाका बिरुवा लगाइसकेको छ, तीन हजार बिरुवा लगाउने योजनासहित अघि बढेका छौँ ।”


    प्रकाशित : आइतबार, आश्विन १९ २०८२०९:११
  • शेयर:


  • मेरोभ्यूज
    मेराेभ्यूज डटकम हेराल्ड कम्युनिकेसन प्रा.लिले सञ्चालनमा ल्याएकाे आधिकारिक न्यूज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, अन्तर्वार्ता, सूचना प्रविधि तथा जीवनका विभिन्न आयामका सम्पूर्ण समाचार र विश्लेषणलाई समूचित रूपमा पस्कने छ।
    प्रतिक्रिया दिनुहोस्
    सम्बन्धित समाचार