२०८३, कार्तिक १३ गते शुक्रबार

भुल्केका एक सय सात घरमा विद्युत्

भुल्केका एक सय सात घरमा विद्युत्


  • मेरोभ्यूज
  • कार्तिक २३, २०८२ आइतबार

  • भुल्केका एक सय सात घरमा विद्युत्

     

    भोजपुर । भोजपुरको रामप्रसाद राई गाउँपालिका–३ भुल्केमा वडाको सक्रिय पहलमा एक सय सात घरमा केन्द्रीय विद्युत् सेवा विस्तार गरिएको छ ।

    बेहेश्वर जलविद्युत् आयोजनामा चट्याङका कारण क्षति पुगेर बस्ती अन्धकारमा डुबेपछि वडाले पहल गरी पुनः उज्यालो फर्काएको हो ।

    यही असोज १९ देखि २१ गतेसम्मको लगातारको वर्षासँगै परेको चट्याङले स्थानीय जलविद्युत् आयोजनाको मेसिन बिग्रिएपछि सम्पूर्ण बस्तीमा विद्युत् सेवा ठप्प भएको थियो ।

    स्थानीयस्तरमा वितरण गरिएको विद्युत्मा समस्या आएपछि वडाको पहलमा केन्द्रीय विद्युत् विस्तार गरिएको वडाध्यक्ष रामु थापामगरले जानकारी दिए । अठासी परिवारलाई मिटरसमेत वितरण गरिएको छ ।

    विगतको विद्युत् सेवा अवरोध भएपछि अन्धकार बनेको बस्तीमा हाल केन्द्रीय लाइन विस्तार कार्य सम्पन्न भएको हो ।


    प्रकाशित : आइतबार, कार्तिक २३ २०८२१०:३०
  • शेयर:


  • मेरोभ्यूज
    मेराेभ्यूज डटकम हेराल्ड कम्युनिकेसन प्रा.लिले सञ्चालनमा ल्याएकाे आधिकारिक न्यूज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, अन्तर्वार्ता, सूचना प्रविधि तथा जीवनका विभिन्न आयामका सम्पूर्ण समाचार र विश्लेषणलाई समूचित रूपमा पस्कने छ।
    प्रतिक्रिया दिनुहोस्
    सम्बन्धित समाचार