२०८३, कार्तिक ११ गते बुधबार

गड्यौला मल उत्पादनमा जोड

गड्यौला मल उत्पादनमा जोड


  • मेरोभ्यूज
  • कार्तिक २७, २०८२ बिहीबार

  • गड्यौला मल उत्पादनमा जोड

     

    भोजपुर । रासायनिक मलको प्रयोग घटाउँदै जैविकखेती प्रणालीलाई प्रवर्द्धन गर्ने उद्देश्यले पौवादुङमा गाउँपालिकाले गड्यौला मल उत्पादन शुरु गरेको छ ।

    महिला विकास बोर्डमार्फत ‘उपाध्यक्ष आत्मनिर्भर कार्यक्रम’अन्तर्गत शुरु गरिएको यो योजनाले स्थानीय महिलालाई आत्मनिर्भर र उद्यमशील बनाउने लक्ष्य राखिएको छ ।

    गाउँपालिकाका उपाध्यक्ष ज्योत्सना राईका अनुसार कार्यक्रमअन्तर्गत यहाँका सबै ६ वडाका १९ महिला समूहले गड्यौला मल उत्पादन थालेका छन् ।

    महिलालाई आत्मनिर्भरसँगै उद्यमशील बनाउँदै गाउँपालिकामा जैविकखेती प्रणालीमा जोड दिने लक्ष्यका साथ यो कार्यक्रम सञ्चालन गरिएको उनले बताइन ।

    महिलालाई अनुदानमा आवश्यक सहयोग गरेर गत वर्षबाट कार्यक्रम थालिएको हो ।

    “महिलालाई उद्यमशील बनाउन विभिन्न कार्यक्रम सञ्चालन गरिरहेका छौँ”, उपाध्यक्ष राईले भनिन, “यो कार्यक्रम सञ्चालन भएपछि यहाँका १९ महिला समूह गड्यौँला मल उत्पादनमा लागेको छ । हामीले आवश्यक आर्थिक तथा प्राविधिक सहयोग गरेका छौँ ।”

    यो कार्यक्रममा आबद्ध महिला समूहले उत्पादन गरेको गड्यौला मल गाउँपालिकाले नै खरिद गरेर अन्य किसानलाई वितरण गर्दै आएको गाउँपालिकाका अध्यक्ष किरण राईले जानकारी दिए ।

    खरिद गरिएको मल अन्य किसानलाई ५० प्रतिशत अनुदानमा वितरण भइरहेको अध्यक्ष राइले बताए ।

    “रासायनिक मलको प्रयोग कम गर्न हामीले गड्यौँला मल उत्पादनको कार्यक्रम सञ्चालन गरिरहेका छौँ,” अध्यक्ष राईले भने, “किसानले उत्पादन गरेको मल खरिद गरेर अन्य किसानलाई अनुदानमा दिन्छौँ । हाम्रो मुख्य उद्देश्य नै अर्ग्यानिक उत्पादनमा जोड दिनु हो ।”

    किसानले उत्पादन गरेको गड्यौला मल प्रतिकिलो रु. २२ मा गाउँपालिकाले खरिद गर्ने व्यवस्था मिलाइएको छ । यसरी खरिद गरिएको मल अन्य इच्छुक किसानलाई मागका आधारमा अनुदानमा वितरण हुँदै आएको छ ।


    प्रकाशित : बिहीबार , कार्तिक २७ २०८२०९:५१
  • शेयर:


  • मेरोभ्यूज
    मेराेभ्यूज डटकम हेराल्ड कम्युनिकेसन प्रा.लिले सञ्चालनमा ल्याएकाे आधिकारिक न्यूज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, अन्तर्वार्ता, सूचना प्रविधि तथा जीवनका विभिन्न आयामका सम्पूर्ण समाचार र विश्लेषणलाई समूचित रूपमा पस्कने छ।
    प्रतिक्रिया दिनुहोस्
    सम्बन्धित समाचार