२०८३, कार्तिक १३ गते शुक्रबार

वाग्मती करिडोरलाई सुन्दर बनाउन ढल व्यवस्थापनमा जोड

वाग्मती करिडोरलाई सुन्दर बनाउन ढल व्यवस्थापनमा जोड


  • मेरोभ्यूज
  • मंसिर २३, २०८२ मंगलबार

  • वाग्मती करिडोरलाई सुन्दर बनाउन ढल व्यवस्थापनमा जोड

     

    काठमाडौं । ऊर्जा, जलस्रोत तथा सिँचाइ, भौतिक पूर्वाधार तथा यातायात र शहरी विकासमन्त्री कुलमान घिसिङले वाग्मती करिडोरलाई सुन्दर बनाउन ढल व्यवस्थापनमा जोड दिएको छ ।

    वाग्मती नदी करिडोरअन्तर्गत गुह्येश्वरी–गोकर्णखण्डमा पर्ने गोकर्णेश्वर नगरपालिका–५ जम्बुडाँडा क्षेत्रको अनुगमन गरेपछि उनले वाग्मती करिडोर क्षेत्रको ढल व्यवस्थापन, सडक स्तरोन्नती र सरसफाइमा जोड दिएको हो ।

    मन्त्री घिसिङले नदी सफा भए मात्र शहर सफा हुने भन्दै वाग्मतीलाई सफा बनाउन ढल व्यवस्थापन, करिडोरका सडक मर्मत र नदीमा फालिएको फोहर प्राथमिकताका साथ हटाइने बताए ।

    नदीको सबै फोहर हटाएर त्यसको चेक बाँधलाई सञ्चालन, सो स्थानमा साना तलाउ बनाएर पर्यटकीय क्षेत्रका रूपमा विकास गर्नेगरी काम भइरहेको मन्त्री घिसिङले जानकारी दिएको उनको निजी सचिवालयले जनाएको छ ।


    प्रकाशित : मंगलबार, मंसिर २३ २०८२१०:२२
  • शेयर:


  • मेरोभ्यूज
    मेराेभ्यूज डटकम हेराल्ड कम्युनिकेसन प्रा.लिले सञ्चालनमा ल्याएकाे आधिकारिक न्यूज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, अन्तर्वार्ता, सूचना प्रविधि तथा जीवनका विभिन्न आयामका सम्पूर्ण समाचार र विश्लेषणलाई समूचित रूपमा पस्कने छ।
    प्रतिक्रिया दिनुहोस्
    सम्बन्धित समाचार