२०८३, कार्तिक ११ गते बुधबार

म्याङलुङ–तमोर लुबुघाट सडकखण्ड स्तरोन्नती गरिँदै

म्याङलुङ–तमोर लुबुघाट सडकखण्ड स्तरोन्नती गरिँदै


  • मेरोभ्यूज
  • मंसिर २५, २०८२ बिहीबार

  • म्याङलुङ–तमोर लुबुघाट सडकखण्ड स्तरोन्नती गरिँदै


    तेह्रथुम । म्याङलुङदेखि तमोर लुबुघाटसम्मको १८ किलोमिटर सडकखण्डको स्तरोन्नती भइरहेको छ ।

    एक सातायता म्याङलुङ नगरपालिका–१ र २ ले संयुक्तरूपमा सडक स्तरोन्नती गरेको छ ।

    म्याङलुङ–१ का वडाध्यक्ष बुद्धिराज लिम्बूका अनुसार काम सम्पन्न भएपछि हिसाब गरेर आधा–आधा बजेट दुवै वडाले व्यहोर्ने छन् ।

    म्याङलुङ–२ का वडाध्यक्ष राजकुमार लिम्बूले ८० प्रतिशत सडक स्तरोन्नतिको काम सकेको बताए ।

    नगरपालिकाको स्काभेटर र ट्याक्टर प्रयोग गर्दै म्याङलुङ–१ र २ नम्बर वडाले मिलेर कच्ची सडक स्तरोन्नती गर्दै छ । यो सडक सदरमुकामलाई छिमेकी जिल्ला पाँचथरको फिदिमसँग छोटो दूरीमा जोड्ने महत्त्वपूर्ण मार्ग हो ।

    यो सडक पाँचथरको कुम्मायक गाउँपालिकाबाट म्याङलुङको शुक्रबारे हटिया आउन प्रयोग हुँदै आएको छ । यो सडक तेह्रथुम–पाँचथर दुवै जिल्लाका बासिन्दाका लागि अत्यन्त महत्त्वपूर्ण मानिन्छ ।

    कुम्मायक गाउँपालिकाका लागि सबैभन्दा नजिकको ठूला हटिया म्याङलुङ भएकोले त्यहाँ उत्पादित दाल, बदाम, मकै, कुखुरा, सुङ्गुरका पाठालगायत कृषि तथा पशुपालनजन्य वस्तु यही बजारमा बिक्री गरिँदै आएको छ ।

    पहिला घण्टौँ हिँडेर कठिन यात्रा गर्दै सामान ल्याउने किसान यो सडक बनेपछि लुबुघाटदेखि म्याङलुङसम्म ट्याक्टरमार्फत सहजरूपमा आवत-जावत गर्दै आएका छन् ।

    वर्षातको पानीले खाल्डाखुल्डी बनाएर सवारीसाधन आवत-जावतमा कठिनाइ भएपछि सडक स्तरोन्नतिपछि भने कुम्मायकबाट म्याङलुङको हटियामा आउने स्थानीयवासीलाई थप सहज हुने छ ।

    म्याङलुङबाट पाँचथर फिदिम र तमोर करिडोरमार्ग भएर सुनसरीको धरानसम्म आवत-जावत गर्न पनि यसबाट सुविधा पुग्ने छ ।


    प्रकाशित : बिहीबार , मंसिर २५ २०८२०९:५८
  • शेयर:


  • मेरोभ्यूज
    मेराेभ्यूज डटकम हेराल्ड कम्युनिकेसन प्रा.लिले सञ्चालनमा ल्याएकाे आधिकारिक न्यूज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, अन्तर्वार्ता, सूचना प्रविधि तथा जीवनका विभिन्न आयामका सम्पूर्ण समाचार र विश्लेषणलाई समूचित रूपमा पस्कने छ।
    प्रतिक्रिया दिनुहोस्
    सम्बन्धित समाचार