२०८३, कार्तिक १२ गते बिहीबार

पौवादुङमाको चाँपे गाउँमा घर-घरमा धारा जडान

पौवादुङमाको चाँपे गाउँमा घर-घरमा धारा जडान


  • मेरोभ्यूज
  • मंसिर २५, २०८२ बिहीबार

  • पौवादुङमाको चाँपे गाउँमा घर-घरमा धारा जडान

     

    भोजपुर । पौवादुङमा गाउँपालिका–१ श्यामशिलाको चाँपे गाउँमा ‘एक घर एक धारा’ जडान भएपछि स्थानीयवासी सहज भएका छन् ।

    गाउँपालिका र वडाको पहलमा पिउने पानीको समस्या झेल्दै आएका ३० घर परिवारमा घर-घरमा धारा जडान गरिएको हो ।

    यहाँका पिउने पानीको समस्या रहेको चाँपे गाउँमा ‘एक घर, एक धारा’ जडान गरिएको वडाध्यक्ष राजेन्द्र तामाङले जानकारी दिए । पानीको चरम समस्या रहेका स्थानीयलाई लक्षित गरेर पानी वितरण गरिएको उनको भनाइ छ ।

    “स्थानीयको पानीको समस्या समाधानको लागि चाँपे गाउँमा पानी वितरण गर्न सफल भएका छौँ”, वडाध्यक्ष तामाङले भने, “यहाँका सबै घरमा शुद्ध पिउने पुगेको अवस्था छ । अब भने यहाँका स्थानीयको वर्षौँदेखिको पानीको समस्या समाधान भएको छ ।”

    यहाँ गाउँपालिकाबाट रु. चार लाख ५० बजेट विनियोजन गरेर स्थानीयलाई पानी वितरण गरिएको पौवादुङमा गाउँपालिका उपाध्यक्ष ज्योत्सना राईले बताइन् ।

    गाउँपालिकामा ठूला–साना विभिन्न खानेपानी योजना सञ्चालन गरेर ‘एक घर, एक धारा’ पुर्याउने लक्ष्यका साथ काम गरिरहेको उपाध्यक्ष राईको भनाइ छ ।

    “यहाँका ३० परिवारको घरमा धारा जडान गर्न सफल भएका छौँ”, उनले भने, “हाम्रो गाउँपालिकाको अन्य वडामा पानीको निकै ठूलो समस्या छ । ठूला योजना सञ्चालनसँगै यहाँका मुहानको संरक्षण गरेर स्थानीयको घर-घरमा धारा पुर्याउने लक्ष्यका साथ काम गरिरहेका छौँ ।

    ‘एक घर, एक धारा’ अभियान सञ्चालन गरेर प्रत्येक घरमा शुद्ध पिउने पानी पुर्याइएपछि स्थानीयवासी खुसी भएका छन् ।

    घरमा धारा जडान भएपछि वर्षौँदेखिको पानीको समस्या अन्त्य भएको स्थानीयवासी तारा तामाङले बताइन् । अब भने पानीको जोह गर्नको लागि घण्टौ समय बिताउनुपर्ने अवस्था नरहेको उनको भनाइ छ ।

    “घरमा धारा नहुँदा पानीको निकै समस्या थियो”, उनले भनिन्, “अन्यत्रबाट बोकेर ल्याएर पानीको जोह गर्दै आएका थियौँ । घरमा नै धारा जडान भएपछि सहजता भएको छ ।”

    घरमा धारा नहुँदा घण्टौँ परबाट डोकोमा बोकेर ल्याएर पानीको जोह गर्दै आएको अर्की स्थानीयवासी सङ्गिता राईले बताइन् ।

    घरको आगनमा धारा जडानले सरसफाइसँगै खेर गएको पानी करेसावारी प्रयोग गर्दै आएको उनको भनाइ छ ।

    “विगतमा पानीको जोह गर्न डोको बोकेर ल्याउनुपर्ने अवस्था थियो”, उनले भनिन्, “अहिले धारा जडान भएपछि दैनिक कामकाजमा सहज छ । खेर गएको पानीको सदुयोग गरेर करेसाबारीमा प्रयोग गरिरहेका छौँ । गाउँपालिकाले गरेको कामले हाम्रो दैनिकीमा परिवर्तन ल्याएको छ ।”


    प्रकाशित : बिहीबार , मंसिर २५ २०८२१०:०५
  • शेयर:


  • मेरोभ्यूज
    मेराेभ्यूज डटकम हेराल्ड कम्युनिकेसन प्रा.लिले सञ्चालनमा ल्याएकाे आधिकारिक न्यूज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, अन्तर्वार्ता, सूचना प्रविधि तथा जीवनका विभिन्न आयामका सम्पूर्ण समाचार र विश्लेषणलाई समूचित रूपमा पस्कने छ।
    प्रतिक्रिया दिनुहोस्
    सम्बन्धित समाचार