२०८३, कार्तिक १२ गते बिहीबार

बेनी–पाखापानी सडक योजना स्तरोन्नती

बेनी–पाखापानी सडक योजना स्तरोन्नती


  • मेरोभ्यूज
  • फाल्गुण १६, २०८२ शनिबार

  • बेनी–पाखापानी सडक योजना स्तरोन्नती

     

    म्याग्दी । जिल्लाको रणनीतिक महत्वको बेनी–पाखापानी सडक स्तरोन्नतीको योजना अन्तिम चरणमा पुगेको छ ।

    हालसम्म ७५ प्रतिशत भौतिक प्रगति भइसकेको छ । बेनी नगरपालिका र रघुगङ्गा गाउँपालिकाका बस्तीलाई सदरमुकाम बेनीसँग जोड्ने बेनी–पाखापानी सडकको किराखोर–नेप्टेचौर–तोरीपानी खण्डको स्तरोन्नतीका लागि सञ्चालित योजना निर्धारित समयअगावै सम्पन्न हुने चरणमा पुगेको हो ।

    चार किलोमिटर दूरीको सडक ग्राभेल, ढलान र कालोपत्र गरी स्तरोन्नतीका लागि पूर्वाधार विकास कार्यालय म्याग्दी र मङ्गलादेवी–सुवास कन्ट्रक्सनबीच २०८१ साल जेठमा रु. दस करोड १६ लाख एक हजार तीन सय ६४ मा ठेक्का सम्झौता गरेको थिए ।

    दुई वर्ष ठेक्का अवधि रहेको योजनाको हालसम्म ७५ प्रतिशत भौतिक प्रगति भएको पूर्वाधार विकास कार्यालय प्रमुख डा. महेन्द्र बानियाँले जानकारी दिए ।

    बेनी नगरपालिका–९ किराखोरदेखि नेप्टेचौरस्थित वडा कार्यालयसम्म करिब दुई किलोमिटर दूरीमा प्रिमिक्स प्रविधिको कालोपत्र गर्नुपर्नेमा एक किलोमिटर बढी भइसकेको छ ।

    नेप्टेचौर–तोरीपानीखण्ड ग्राभेल गर्न आवश्यक संरचना निर्माण अन्तिम चरणमा पुगेको छ ।

    तीन दशमलव पाँच मिटर चौडा सडकलाई कम्तिमा सात मिटर फराकिलो बनाइएको छ ।

    निर्माण कम्पनीका प्रतिनिधि सुवासचन्द्र कार्कीले निर्धारित समयअगावै योजना सम्पन्न गराउन पर्याप्त उपकरण, मजदूर परिचालन र निर्माण सामग्री व्यवस्थापन गरेको जानकारी दिए ।

    वि.सं. २०५६ मा तत्कालीन जिल्ला विकास समितिले ट्रयाक खोलेको यो सडक २७ वर्षपछि स्तरोन्नती हुन लागेको हो ।


    प्रकाशित : शनिबार, फाल्गुण १६ २०८२१०:२२
  • शेयर:


  • मेरोभ्यूज
    मेराेभ्यूज डटकम हेराल्ड कम्युनिकेसन प्रा.लिले सञ्चालनमा ल्याएकाे आधिकारिक न्यूज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, अन्तर्वार्ता, सूचना प्रविधि तथा जीवनका विभिन्न आयामका सम्पूर्ण समाचार र विश्लेषणलाई समूचित रूपमा पस्कने छ।
    प्रतिक्रिया दिनुहोस्
    सम्बन्धित समाचार