२०८३, कार्तिक १२ गते बिहीबार

रु. चौध करोडमा अस्पताल भवन निर्माण

रु. चौध करोडमा अस्पताल भवन निर्माण


  • मेरोभ्यूज
  • चैत्र २, २०८२ सोमबार

  • रु. चौध करोडमा अस्पताल भवन निर्माण

     

    नवलपरासी । नवलपरासी (बर्दघाट सुस्तापूर्व) नवलपुरमा रु. १४ करोड १० लाखको लागतमा १५ शैय्याको नगर अस्पताल भवन निर्माण भएको छ ।

    दुम्कौली प्राथमिक स्वास्थ्य केन्द्रलाई स्तरोन्नती गरेर अस्पताल भवन निर्माण गरिएको देवचुली नगरपालिका नगर प्रमुख हरिप्रसाद न्यौपानेले बताए । भवन निर्माणसँगै विशेषज्ञसहितको सेवालाई प्रवाह गरिने उनले बताए ।

    अस्पतालमा हप्ताको छ दिन विशेषज्ञ सेवा उपलब्ध हुनेछ । हाडजोर्नी, नाक,कान, घाँटी, छाला, पेट, छाती तथा मुटुरोग, स्त्रीरोग, मानसिक रोगलगायत विशेषज्ञ सेवा, आँखा र दन्त उपचार हुँदै आएको छ । अस्पतालले अहोरात्र सेवा प्रदान गर्दै आएको छ ।


    प्रकाशित : सोमबार, चैत्र २ २०८२०८:१३
  • शेयर:


  • मेरोभ्यूज
    मेराेभ्यूज डटकम हेराल्ड कम्युनिकेसन प्रा.लिले सञ्चालनमा ल्याएकाे आधिकारिक न्यूज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, अन्तर्वार्ता, सूचना प्रविधि तथा जीवनका विभिन्न आयामका सम्पूर्ण समाचार र विश्लेषणलाई समूचित रूपमा पस्कने छ।
    प्रतिक्रिया दिनुहोस्
    सम्बन्धित समाचार