२०८३, कार्तिक १२ गते बिहीबार

आठ वर्षमा बन्यो केरुङ्गे खोलामा पुल

आठ वर्षमा बन्यो केरुङ्गे खोलामा पुल


  • मेरोभ्यूज
  • चैत्र १३, २०८२ शुक्रबार

  • आठ वर्षमा बन्यो केरुङ्गे खोलामा पुल

     

    नवलपरासी । निर्माण शुरु गरिएको आठ वर्षमा नवलपरासी (बर्दघाट सुस्तापूर्व) नवलपुरको कावासोतीस्थित केरुङ्गे खोलामा पुल निर्माण भएको छ । वि.सं. २०७५ मा निर्माण शुरु गरिएको उक्त पुल आठ वर्षमा बल्ल बनेको हो ।

    एडभेन्चर कन्स्ट्रक्सन कम्पनीले २०७७ सालमा पुल निर्माण सक्ने गरी काम अघि बढेको थियो । तर पटक-पटक म्याद थप पछि बल्ल अहिले पुलले पूर्णता पाएको कावासोती नगरपालिका–४ का वडाध्यक्ष नारायणप्रसाद लोहनीले बताए ।

    कावासोती नगरपालिका–३ र ४ जोड्ने केरुङ्गे खोलामा पुल निर्माण भएसँगै स्थानीयलाई आवत-जावतमा सहजता भएको वडाध्यक्ष लोहनीले बताए ।

    एक सय ४० मिटर लम्बाइको पुल करिब रु. १० करोड ५० लाखको लागतमा निर्माण भएको हो ।

    लामो समयसम्म पुल निर्माण नहुँदा स्थानीयले सास्ती खेप्दै आएका अध्यक्ष लोहनीले बताए ।

    बर्खाको समयमा खोलामा बाढी आउँदा घुमेर बजार क्षेत्रमा जानुपर्ने अवस्था रहेको र अन्य समयमा पनि खोलाबाटै यात्रा गर्नुपर्ने बाध्यता रहेकामा अब त्यो बाध्यता अन्त्य भएको अध्यक्ष लोहनीले बताए ।

    “पुल नहुँदा सास्ती थियो, बाढी आउँदा अन्यत्रबाट घुमेर बजार क्षेत्र निस्किनुपर्ने बाध्यता थियो, अब त्यो बाध्यता हटेको छ, ढिलै भए पनि पुल निर्माण भएपछि आवत-जावतमा सहज भएको छ,” अध्यक्ष लोहनीले भने ।

    सडक डिभिजन कार्यालय भरतपुरमार्फत निर्माण भएको पुलले जिल्लाको हुप्सेकोट गाउँपालिकाबाट बासिन्दालाई समेत सदरमुकाम कावासोती पुग्न सहज बनाएको छ ।

    हुप्सेकोटका बासिन्दालाई छिटो रूपमा कावासोतीको सदरमुकाम पुग्न पुलका कारण सहज भएको हुप्सेकोटका स्थानीय रुक्माङ्गत भुर्तेलले बताए ।

    “हामीलाई सदरमुकाम पुग्न डण्डा हुँदै घुमेर जानुपर्ने अवस्था थियो, अब हसौराबाट नयाँ पुल हुँदै सिधै कावासोती पुग्न सकिने भएको छ,” भुर्तेलले भने ।


    प्रकाशित : शुक्रबार, चैत्र १३ २०८२०९:३६
  • शेयर:


  • मेरोभ्यूज
    मेराेभ्यूज डटकम हेराल्ड कम्युनिकेसन प्रा.लिले सञ्चालनमा ल्याएकाे आधिकारिक न्यूज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, अन्तर्वार्ता, सूचना प्रविधि तथा जीवनका विभिन्न आयामका सम्पूर्ण समाचार र विश्लेषणलाई समूचित रूपमा पस्कने छ।
    प्रतिक्रिया दिनुहोस्
    सम्बन्धित समाचार