२०८३, कार्तिक १२ गते बिहीबार

एक करोड लागतमा पुस्तकालय भवन निर्माण

एक करोड लागतमा पुस्तकालय भवन निर्माण


  • मेरोभ्यूज
  • चैत्र १६, २०८२ सोमबार

  • एक करोड लागतमा पुस्तकालय भवन निर्माण

     

    तनहुँ । यहाँको देवघाट गाउँपालिका–५ मा रु. एक करोड लागतमा देवघाट सार्वजनिक पुस्तकालयको नयाँ भवन निर्माण सम्पन्न भएको छ । पुरानो भवन जीर्ण भइ पुस्तकहरूमा ठूलो क्षति पुगेपछि नयाँ भवन निर्माण गरिएको हो ।

    पुरानो भवनमा धमिराले पुस्तकहरू नष्ट गर्न थालेपछि पछिल्ला तीन वर्षदेखि नेपाल रेडक्रस सोसाइटी, देवघाटको भवनमा अस्थायीरूपमा पुस्तकालय व्यवस्थापन हुँदै आएको थियो ।

    बहुमूल्य तथा दुर्लभ पुस्तकको संरक्षण गर्न कठिनाइ भइरहेको अवस्थामा नयाँ भवन निर्माणले राहत मिलेको पुस्तकालय भवन निर्माण समितिका संयोजक शिवराज पौडेलले जानकारी दिए ।

    उनका अनुसार भवन निर्माण सम्पन्न भए पनि व्यवस्थापकीय कामहरू अझै बाँकी छ ।

    देवघाट गाउँपालिका, गण्डकी प्रदेश सरकार, देवघाट–५ वडा कार्यालय, देवघाट क्षेत्र विकास समिति, विद्यापीठ, समुदायमा आधारित सङ्घ/संस्था, आश्रम, शिक्षाप्रेमी, उद्योगी, व्यवसायी तथा सर्वसाधारण दाताहरूको आर्थिक सहयोगमा नयाँ पुस्तकालय भवन निर्माण गरिएको पौडेलले जानकारी दिए ।

    हाल पुस्तकालयमा दश हजारभन्दा बढी पुस्तक छन् । जसमध्ये करिब ३५ प्रतिशत धार्मिक तथा आध्यात्मिक पुस्तक र बाँकी साहित्य, बालशिक्षा, दर्शनशास्त्रलगायत विभिन्न विधाका पुस्तक छन् ।


    प्रकाशित : सोमबार, चैत्र १६ २०८२०९:२९
  • शेयर:


  • मेरोभ्यूज
    मेराेभ्यूज डटकम हेराल्ड कम्युनिकेसन प्रा.लिले सञ्चालनमा ल्याएकाे आधिकारिक न्यूज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, अन्तर्वार्ता, सूचना प्रविधि तथा जीवनका विभिन्न आयामका सम्पूर्ण समाचार र विश्लेषणलाई समूचित रूपमा पस्कने छ।
    प्रतिक्रिया दिनुहोस्
    सम्बन्धित समाचार