२०८३, कार्तिक १२ गते बिहीबार

दर्मीजामा सामुदायिक भवन निर्माण

दर्मीजामा सामुदायिक भवन निर्माण


  • मेरोभ्यूज
  • चैत्र २०, २०८२ शुक्रबार

  • दर्मीजामा सामुदायिक भवन निर्माण

     

    म्याग्दी । म्याग्दीको रघुगङ्गा गाउँपालिका–४ दर्मीजामा बहुउद्देश्यीय सामुदायिक भवन निर्माण भएको छ ।

    रु. ४२ लाखको लागतमा करिब तीन सय जना क्षमताको सामुदायिक भवन निर्माण भएको हो । भवन निर्माणका लागि गण्डकी प्रदेश सरकारबाट रु. १५ लाख र रघुगङ्गा गाउँपालिकाबाट रु. २० लाख बजेट विनियोजन भएको उपभोक्ता समितिका अध्यक्ष विप्रसाद पुनले जानकारी दिए ।

    दर्मीजा प्रभावित क्षेत्र रहेको माथिल्लो राहुघाट जलविद्युत् आयोजनाको प्रवर्द्धक तुदी पावर कम्पनीले रु. पाँच लाख सहयोग गरेको छ । आयोजनाको सामाजिक उत्तरदायित्व कार्यक्रममार्फत थप रु. तीन लाख विनियोजन भएको वडाध्यक्ष पविन गर्बुजाले जानकारी दिए ।

    निर्माण शुरु भएको तीन वर्षमा भवन सम्पन्न भएको हो । भवन निर्माण भएपछि भेला, बैठक, छलफल, सांस्कृतिक कार्यक्रम आयोजना गर्न सहज भएको छ । विवाह, छेवार, किरियालगायत संस्कारगत कार्य र भोजभतेरका लागि टहरा बनाउनुपर्ने समस्या हटेको छ ।

    दर्मीजामा एक सय घरपरिवारको बसोबास छ । यसअघि पञ्चायतकालमा निर्माण भएको भवन सामुदायिक भवन जीर्ण बनेपछि त्यसलाई भत्काएर नयाँ भवन निर्माण गरिएको हो । भवनको दर्मीजाका ज्येष्ठ नागरिक पदमबहादुर गर्बुजा र प्रतिनिधिसभाका निर्वतमान सांसद खमबहादुर गर्बुजा (खम्बिर)ले उद्घाटन गरेका थिए ।

    कार्यक्रममा गण्डकी प्रदेशसभा सदस्य हरिबहादुर भण्डारी, पूर्व सांसद विनोद केसी, रघुगङ्गा गाउँपालिकाका अध्यक्ष भवबहादुर भण्डारी, उपाध्यक्ष प्रेमकुमारी पुनलगायतको उपस्थिति रहेको थियो ।


    प्रकाशित : शुक्रबार, चैत्र २० २०८२०९:४८
  • शेयर:


  • मेरोभ्यूज
    मेराेभ्यूज डटकम हेराल्ड कम्युनिकेसन प्रा.लिले सञ्चालनमा ल्याएकाे आधिकारिक न्यूज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, अन्तर्वार्ता, सूचना प्रविधि तथा जीवनका विभिन्न आयामका सम्पूर्ण समाचार र विश्लेषणलाई समूचित रूपमा पस्कने छ।
    प्रतिक्रिया दिनुहोस्
    सम्बन्धित समाचार