२०८३, कार्तिक १५ गते आइतबार

किसानलाई गहुँबाली भित्र्याउने चटारो

किसानलाई गहुँबाली भित्र्याउने चटारो


  • मेरोभ्यूज
  • चैत्र २१, २०८२ शनिबार

  • किसानलाई गहुँबाली भित्र्याउने चटारो

     

    कैलाली । कैलालीका किसानलाई यतिबेला गहुँबाली भित्र्याउन चटारो छ । अचेल गहुँ, मसुरोलगायत बाली भित्र्याउन यहाँका खेतबारी कृषकहरू व्यस्त देखिन्छन् ।

    धनगढी उपमहानगरपालिका–३ बोराडाँडीका कृषक करमदास चौधरी पनि अरु किसानजस्तै गहुँबाली भित्र्याउन व्यस्त छन् । उनले भने, “घरको सबै काम छोडेर खेतमै बढी समय बित्ने गरेको छ । अचेल बिहान सबेरै उठेर खेतमा जाने र झिसमिसे अध्याँरोमा फर्किने दिनचर्या नै बनेको छ ।”

    केही दिनदेखि गर्मी बढ्दै गएको र मौसम एकनास नरहेकाले वर्षा हुनसक्ने भन्दै गहुँबाली भित्र्याउनका लागि आफूजस्तै किसानको अधिकांश समय खेतबारी मै बित्ने गरेको चौधरीको भनाइ छ ।

    स्थानीय कृषक हरिराम चौधरीले गहुँ काटेर अब दाइँ गर्ने तयारीमा रहेको बताए । “केही दिनदेखि मौसम फेरबदल भइरहेको छ, कतिबेला बादल लाग्छ त कतिबेला हावाहुरी चलेर पानी आउँला झै हुन्छ । त्यसैले पनि गहुँबाली छिटो भित्र्याउने चटारो छ”, उनले भने ।

    पछिल्लो समय कृषिमा आधुननिकीकरणसँगै आधुनिक उपकरणहरू प्रयोग गर्दा गहुँ दाइँ गर्न केही सहज भइरहेको किसानले बताउने गरेका छन् । कतिपय किसानले भने एकअर्कासँग पालोपैचो तथा पर्मा गर्दै गहुँ काट्ने र ‘थ्रिसेर’ लगाएर भित्र्याउने गर्ने गरेका छन् ।

    वर्षभरिको अन्न मात्रै होइन, बाँकी रहेको गहुँ तथा दलहन बेचेर घर खर्चको जोहो गर्ने समय पनि भएकाले किसानहरू त्यसैमा लागिरहेका छन् । यसवर्ष यहाँका किसानहरूले विजय, गौतम, धौलागिरीलगायत विभिन्न जातका गहुँ लगाएका छन् ।

    -----


    प्रकाशित : शनिबार, चैत्र २१ २०८२१०:१७
  • शेयर:


  • मेरोभ्यूज
    मेराेभ्यूज डटकम हेराल्ड कम्युनिकेसन प्रा.लिले सञ्चालनमा ल्याएकाे आधिकारिक न्यूज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, अन्तर्वार्ता, सूचना प्रविधि तथा जीवनका विभिन्न आयामका सम्पूर्ण समाचार र विश्लेषणलाई समूचित रूपमा पस्कने छ।
    प्रतिक्रिया दिनुहोस्
    सम्बन्धित समाचार