२०८३, कार्तिक १२ गते बिहीबार

दरखोलामा मोटरेबल पुल निर्माण

दरखोलामा मोटरेबल पुल निर्माण


  • मेरोभ्यूज
  • चैत्र २७, २०८२ शुक्रबार

  • दरखोलामा मोटरेबल पुल निर्माण

     

    म्याग्दी । म्याग्दीको धवलागिरी गाउँपालिका–२ लमसुङस्थित दरखोलामा मोटरेबल पुल निर्माण थालिएको छ । पूर्वाधार विकास कार्यालय, म्याग्दीले ठेक्कामार्फत निर्माण थालिएको सो पुल २५ मिटर लामो हुनेछ ।

    वि.सं. २०८१ भदौ १९ गते पाँच करोड ५९ लाख ३३ हजारमा ठेक्का सम्झौतामा निर्माण कम्पनीले यसै महिनादेखि काम थालेको कार्यालयका प्रमुख सिनियर डिभिजनल इञ्जिनियर डा. महेन्द्र बानियाँले जानकारी दिए ।

    खोलालाई डाइभर्सन गरेर पुलको पिल्लर राख्ने ठाउँ बनाउन थालिएको हो । ठेक्का सम्झौताको अवधि एक वर्ष पाँच महिना रहेको छ ।

    यस ठाउँमा पुल निर्माण भएपछि धवलागिरी गाउँपालिकाको १ र २ नम्बर वडालाई पालिकाको केन्द्र जोड्ने मुना–खोरीया–लमसुङ–लुलाङ–गुर्जा सडकमा बाह्रै महिना नियमित यातायात सञ्चालन गर्न सकिने गाउँपालिकाका उपाध्यक्ष रेशम पुन मगरले जानकारी दिए ।

    हाल बर्खामा दरखोलामा बाढी आएर पानीको सतह बढ्दा सिधा यातायात बन्द हुने गरेको छ ।


    प्रकाशित : शुक्रबार, चैत्र २७ २०८२१०:३३
  • शेयर:


  • मेरोभ्यूज
    मेराेभ्यूज डटकम हेराल्ड कम्युनिकेसन प्रा.लिले सञ्चालनमा ल्याएकाे आधिकारिक न्यूज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, अन्तर्वार्ता, सूचना प्रविधि तथा जीवनका विभिन्न आयामका सम्पूर्ण समाचार र विश्लेषणलाई समूचित रूपमा पस्कने छ।
    प्रतिक्रिया दिनुहोस्
    सम्बन्धित समाचार