२०८३, कार्तिक १२ गते बिहीबार

भोजपुरमा तेह्र पक्की पुल निर्माण

भोजपुरमा तेह्र पक्की पुल निर्माण


  • मेरोभ्यूज
  • बैशाख ३, २०८३ बिहीबार

  • भोजपुरमा तेह्र पक्की पुल निर्माण


    भोजपुर । सङ्घीयता कार्यान्वयनपछि जिल्लाका विभिन्न भागमा प्रदेश सरकारले १३ वटा पक्की र १७ वटा झोलुङ्गे पुल निर्माण गरेको छ ।

    पूर्वाधार विकास कार्यालयका प्रमुख राजनराज रेड्डीका अनुसार पिखुवा खोलामा रु. सात करोड ५० लाख, आरीखोलामा रु. तीन करोड, वेहेरे खोलामा रु. तीन करोड ५० लाख, खाल्डे पिखुवा खोलामा रु. दुई करोड ५० लाख, राउते खोलामा रु. तीन करोड ५० लाख, कावाखोला रु. सात करोड ५० लाख र श्यामखोला रु. तीन करोड ४२ लाखको लागतमा पक्की पुल निर्माण भएका हुन् ।

    त्यसैगरी बङ्खुवा खोलामा रु. दुई करोड २५ लाख, गङ्खुवा खोलामा रु. चार करोड ५० लाख, सिक्तेल खोलामा रु. चार करोड, एखुवा खोलामा रु. छ करोड ६० लाख, चिरखुवा खोलामा रु. पाँच करोड ६३ लाखमा पक्की पुल निर्माण भएका हुन् । तामुटारमा रु. छ करोड ३५ लाखमा निर्माणाधीन पुल अन्तिम चरणमा छ ।


    प्रकाशित : बिहीबार , बैशाख ३ २०८३०८:४८
  • शेयर:


  • मेरोभ्यूज
    मेराेभ्यूज डटकम हेराल्ड कम्युनिकेसन प्रा.लिले सञ्चालनमा ल्याएकाे आधिकारिक न्यूज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, अन्तर्वार्ता, सूचना प्रविधि तथा जीवनका विभिन्न आयामका सम्पूर्ण समाचार र विश्लेषणलाई समूचित रूपमा पस्कने छ।
    प्रतिक्रिया दिनुहोस्
    सम्बन्धित समाचार