२०८३, कार्तिक ११ गते बुधबार

धौलागिरि आइसफल जोड्ने पदमार्ग निर्माण

धौलागिरि आइसफल जोड्ने पदमार्ग निर्माण


  • मेरोभ्यूज
  • बैशाख ३, २०८३ बिहीबार

  • धौलागिरि आइसफल जोड्ने पदमार्ग निर्माण

     

    म्याग्दी । म्याग्दीको अन्नपूर्ण गाउँपालिका–१ दोवादेखि धौलागिरि आइसफल जोड्ने पदमार्ग निर्माण थालिएको छ ।

    अन्नपूर्ण गाउँपालिकाले चालु आर्थिक वर्षमा बिनियोजन गरेको रु. दस लाख बजेटबाट उपभोक्ता समितिमार्फत पदमार्ग निर्माण थालिएको हो ।

    उपभोक्ता समितिका अध्यक्ष विकास पुनले फागुन पहिलो सातासम्म गरेकदेखि गुन्थली भिर, देउराली डाडा, ठूलोखानी, भित्रे वन, ठुलो घैरा भर्याङ हुँदै भिरखर्कसम्म पदमार्ग निर्माण भइसकेको जानकारी दिए ।

    प्राविधिक नक्शाअनुसार तीन किलोमिटर पदमार्ग निर्माण सकिएको र थप एक किलोमिटर निर्माणाधीन रहेको उनले बताए ।

    दोवाका करिब २० जना स्थानीयबासी पदमार्ग निर्माणका लागि जङ्गलमै बास बसेर काम गरिरहेका छन् ।

    वस्तिदेखि टाढा रहेको ठाउँमा घरबाट जान, आउन टाढा हुने भएकाले निर्माणस्थलमै त्रिपालको गोठ बनाएर बास बसेका हुन् ।

    चालु आर्थिक वर्षको बजेटबाट खोलाखर्कसम्म पदमार्गले जोडिने उपभोक्ता समितिले जनाएको छ ।

    परापुर्व कालमा दोवा बासीले घुम्ती पशुगोठ लेक बेशी गर्दा प्रयोग गरेको गोरेटो बाटो पहिचान गरेर पदमार्गको रूपमा विकास गर्न लागिएको अन्नपूर्ण गाउँपालिका–१ दोवाका वडा अध्यक्ष दिलिप गर्बुजाले बताए ।

    बेनी–जोमसोम सडक निर्माणपछि १५ वर्षअघि म्याग्दी र मुस्ताङ जोड्ने धौलागिरि आइसफल पदमार्गको पहिचान भएको थियो ।

    रघुगङ्गा गाउँपालिकाको राखुदेखि शुरु हुने यो पदमार्ग मुस्ताङको लेते जोडिन्छ ।

    मुख्य पदमार्गमा नजिकका बस्तिहरूबाट जोड्ने सहायक पदमार्गको विकास गर्ने काम भइरहेको छ ।

    मगर समुदायको बाहूल्य बसोबास रहेको दोवाको पर्यटन विकासका लागि आइसफललाई पदमार्गले जोड्न लागिएको वडा अध्यक्ष गर्बुजाले बताए ।


    प्रकाशित : बिहीबार , बैशाख ३ २०८३०८:५९
  • शेयर:


  • मेरोभ्यूज
    मेराेभ्यूज डटकम हेराल्ड कम्युनिकेसन प्रा.लिले सञ्चालनमा ल्याएकाे आधिकारिक न्यूज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, अन्तर्वार्ता, सूचना प्रविधि तथा जीवनका विभिन्न आयामका सम्पूर्ण समाचार र विश्लेषणलाई समूचित रूपमा पस्कने छ।
    प्रतिक्रिया दिनुहोस्
    सम्बन्धित समाचार