२०८३, कार्तिक १५ गते आइतबार

कञ्चनपुरमा गिद्धको गुँड अनुगमन शुरु, सङ्ख्यामा सुधार आउँदै

कञ्चनपुरमा गिद्धको गुँड अनुगमन शुरु, सङ्ख्यामा सुधार आउँदै


  • मेरोभ्यूज
  • बैशाख ७, २०८३ सोमबार

  • कञ्चनपुरमा गिद्धको गुँड अनुगमन शुरु, सङ्ख्यामा सुधार आउँदै

     

    कञ्चनपुर । शुक्लाफाँटा राष्ट्रिय निकुञ्ज र आसपासका क्षेत्रमा गिद्धका गुँडको अनुगमन शुरु गरिएको छ ।

    नेपाल पन्छी संरक्षण सङ्घले गिद्धको अवस्था तथा गुँडको स्थितिबारे जानकारी लिन दोस्रो चरणको अनुगमन अघि बढाएको हो ।

    निकुञ्जको तारापुर, हिरापुर तथा बाहिरी क्षेत्र लालझाडीलगायतका स्थानमा गुँड अनुगमनका लागि टोली परिचालन गरिएको सङ्घका वरिष्ठ चराविज्ञ हिरुलाल डगौराले बताए ।

    हालसम्म अनुगमन गरिएका क्षेत्रमा गिद्धका गुँड सन्तोषजनक अवस्थामा रहेको पाइएको उनले बताए ।

    उनका अनुसार सुदूर-पश्चिममा गिद्धको पहिलो चरणको अनुगमन गत जनवरीमा गरिएको थियो ।

    त्यस क्रममा एक सय २० वटा गुँड अभिलेख भएका थिए । दोस्रो चरणको अनुगमनमा गुँडको सङ्ख्या बढेको पाइएको छ । गिद्धको सङ्ख्या पनि विगतका तुलनामा क्रमशः वृद्धि हुँदै गएको छ ।

    कञ्चनपुरमा मुख्यतः डङगर गिद्ध, सानो खैरो गिद्ध, राज गिद्ध, सुन गिद्ध, हिमाली गिद्धलगायत प्रजाति पाइने गरेका छन् । तीमध्ये सानो खैरो गिद्ध अत्यन्त सङ्कटापन्न अवस्थाका मानिन्छन् भने अन्य केही प्रजाति सङ्कटापन्न वा जोखिमको अवस्थामा छन् ।

    प्रकृतिको कुचिकारका रूपमा चिनिने गिद्धको संरक्षणका लागि बासस्थान सुधार, गुँड बनाउने रुखको संरक्षण तथा जनचेतना अभिवृद्धि गरिँदै आएको छ ।

    गिद्धका लागि हानिकारक मानिएको डाइक्लोफेनाक औषधिको प्रयोग नियन्त्रण तथा पशु औषधि पसलको अनुगमनले पनि सकारात्मक प्रभाव पारेको जनाइएको छ ।

    कञ्चनपुर र कैलालीमा अनुगमन सम्पन्न भएपछि बैतडी र डडेल्धुरामा पनि गिद्धका गुँडको अनुगमन गरिने कार्यक्रम रहेको छ ।

    तेस्रो चरणको अनुगमन आगामी ‘मार्च’मा गरिने चराविज्ञ डगौराले जानकारी दिए ।


    प्रकाशित : सोमबार, बैशाख ७ २०८३१०:४३
  • शेयर:


  • मेरोभ्यूज
    मेराेभ्यूज डटकम हेराल्ड कम्युनिकेसन प्रा.लिले सञ्चालनमा ल्याएकाे आधिकारिक न्यूज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, अन्तर्वार्ता, सूचना प्रविधि तथा जीवनका विभिन्न आयामका सम्पूर्ण समाचार र विश्लेषणलाई समूचित रूपमा पस्कने छ।
    प्रतिक्रिया दिनुहोस्
    सम्बन्धित समाचार