२०८३, कार्तिक १२ गते बिहीबार

छल्दी खोलामा झोलुङ्गे पुल

छल्दी खोलामा झोलुङ्गे पुल


  • मेरोभ्यूज
  • बैशाख १०, २०८३ बिहीबार

  • छल्दी खोलामा झोलुङ्गे पुल

     

    गुल्मी । जिल्लाको धुर्कोट गाउँपालिका र इस्मा गाउँपालिकामा पर्ने छल्दी खोलामा झोलुङ्गे पुल निर्माण भएको छ ।

    यहाँ धुर्कोटको गाउँपालिकाको वस्तु र इस्मा गाउँपालिकाको राङ्दलचौर जोड्नका लागि छल्दी खोलामा तीन सय ७० मिटर लामो झोलुङ्गे पुल निर्माण भएको हो ।

    सस्पेन्सन ब्रिज डिभिजन ललितपुरमार्फत रु. एक करोड ८४ लाखको लागतमा यहाँ झोलुङ्गे पुल निर्माण गरिएको हो । पुलको भारवहन क्षमता सात सय ९९ जना मानिस अट्ने रहेको छ । पुल बनेसँगै घण्टौँ समय लगाएर यात्रा गर्नुपर्ने बाध्यता टरेको स्थानीयले बताएका छन् ।

    स्थानीय रामबहादुर मुखियाले खोला वारि र पारि रहेका बस्तीलाई जोड्नका लागि झोलुङ्गे पुलले ठूलो सहयोग पुगेको बताए ।

    “हिउँदयाममा खोला तरेर वारिपारि गरिन्थ्यो, तर वर्षायाममा त्यही नजिकै जान पनि तलबाट धेरै घुमेर जानुपर्थ्यो, अब त्यो समस्या टरेको छ”, उनले खुसी हुँदै भने ।

    झोलुङ्गे पुल बनेपछि पर्यटकीयस्थल विचित्र गुफा जान र हिमालय माध्यमिक विद्यालय पुग्ने विद्यार्थीलाई समेत ठूलो राहत पुगेको स्थानीय बोमलाल भण्डारीले बताए ।

    पुलका कारण त्यस क्षेत्रमा घुमघाम गर्न, टिकटक बनाउन र तस्विर खिचाउन आउने मानिसहरूको सङ्ख्यामा पनि वृद्धि हुँदै गएको स्थानीय तारा बोहोराले जनाए ।

    पुल निर्माण भएसँगै धुर्कोट गाउँपालिका–५ स्थित विचित्र गुफामा पुग्ने आन्तरिक एवं बाह्य पर्यटकलाई सहज भएको धुर्कोट गाउँपालिका अध्यक्ष भुपाल पोख्रेलले जानकारी दिए ।

    मदनभण्डारी राजमार्गको छेउबाट उक्त झोलुङ्गे पुल तरेपछि १० मिनेटमा विचित्र गुफा पुग्न सक्न्छि । लामो पुलका कारण यस क्षेत्रको पर्यटन विकासमा समेत थप टेवा पुगेको उनले बताए ।


    प्रकाशित : बिहीबार , बैशाख १० २०८३१०:११
  • शेयर:


  • मेरोभ्यूज
    मेराेभ्यूज डटकम हेराल्ड कम्युनिकेसन प्रा.लिले सञ्चालनमा ल्याएकाे आधिकारिक न्यूज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, अन्तर्वार्ता, सूचना प्रविधि तथा जीवनका विभिन्न आयामका सम्पूर्ण समाचार र विश्लेषणलाई समूचित रूपमा पस्कने छ।
    प्रतिक्रिया दिनुहोस्
    सम्बन्धित समाचार