
काठमाडौं । SPG अटोमोबाइल्स Omoda and Jaecoo का आधिकारिक वितरकले नेपाली बजारमा बहुप्रतिक्षाको विषय रहेको नयाँ Omoda E5 pro इभिकार सार्वजनिक गरेको छ ।
नक्साल, काठमाडौंमा आइतबार सार्वजनिक गरिएको सो कार Omoda E5 को उत्कृष्ट सफलतालाई निरन्तरता दिँदै E5 pro अझ उन्नत प्रविधि प्रिमियर फिचर र अत्याधुनिक ड्राइभिङ अनुभवसहित बजारमा आएको कम्पनीले जनाएको छ ।
नेपालमा लन्च भएदेखि नै Omoda E5 आफ्नो फ्युचरस्टिक डिजाइन उत्कृष्ट रेन्ज उच्च ग्राउन्ड क्लेरेन्स र आधुनिक प्रविधिका कारण देशकै सबैभन्दा लोकप्रिय इलेक्ट्रिक suv मध्य एक बन्न सफल भएको कम्पनीले बताएको छ ।
नयाँ Omoda E5 pro ले यसै विरासतलाई अझ सुदृत बनाउँदै नयाँ डिजाइन स्मार्ट फिचर र आधुनिक नेपाली ग्राहकलाई लक्षित गरिएको सार्वजनिक समारोहमा जानकारी दिइयो ।
नयाँ Omoda E5 pro मा 50.7 kwh ब्याट्री प्याक 99 kw इलेक्ट्रिक मोटर र 288 Nm टर्क रहेको छ भने जसले 350 km रेन्ज प्रदान गर्दछ ।
साथै 191 mm ग्राउन्ड क्लेरेन्सका कारण यो नेपालका विभिन्न सडकहरूमा उपयुक्त हुने कम्पनीले दाबी गरेको छ । सो कारमा ड्राइभर मसाज सिट, 8 sony speaker हरूको इमर्सिभ अडियो सिस्टम र ठूलो 15.6 इन्च वाइडस्क्रिन infortantment डिस्प्ले समावेश गरिएको छ जसले गर्दा ड्राइभिङ अनुभवलाई अझ प्रिमियम बनाउने कम्पनीले जनाएको छ ।
बाहिरी डिजाइन Omoda को फ्युचरस्टिक डिजाइन फिलोसोफीमा आधारित रहेको छ भने जसमा बोल्ड फ्रन्ट फेसिया एरोडायानामिक प्रोफाइल र विशेष phantam wong टेलाइटहरू समावेश छन् ।
जसले सडकमा शक्तिशालीको उपस्थिति जनाउँछ। सुरक्षाको दृष्टिले कारमा 19 प्लस ADAS फिचरहरू र 540 डिग्री सराउन्ड भ्यु क्यामेरा प्रणाली समेत जडान गरिएको छ । जसले गर्दा चालकलाई उच्च सुरक्षा र आत्मविश्वास प्रदान गर्ने कम्पनीले दाबी गरेको छ ।
नयाँ Omoda E5 pro को आधिकारिक मूल्य Single Tone भेरियन्टका लागि NPR ५१.५९ लाख तथा Dual भेरियन्टका लागि NPR ५१.९९ लाख निर्धारण गरिएको छ भने सार्वजनिक भएको अवसरमा एसपीजी अटोमोबाइल्सले पहिलो ५० ग्राहकका लागि NPR ४९.९९ लाखको विशेष मूल्य र एक वर्षको निःशुल्क अटोप्लस insurance उपलब्ध गराउने घोषणा समेत कम्पनीले गरेको छ ।
जसले गर्दा प्रारम्भिक ग्राहकहरूका लागि थप आकर्षक प्रस्ताव प्रदान गरेको कम्पनीले आयोजित सार्वजनिक समारोहमा जानकारी गराएको छ ।
यसैगरी देशभरका आधिकारिक Omoda and Jaecoo सोरुमहरूमा Omoda E5 pro खरिद गर्न बुकिङ तथा सोधपुछका लागि ग्राहक वर्गमा कम्पनीले हार्दिक अपिल गरेको छ । सार्वजनिक समारोहमा शारदा ग्रुपका सञ्चालकहरू, नायिका रेखा थापा, पत्रकारलगायतको उपस्थिति रहेको थियो ।


