तनहुँ । आँबुखैरेनी गाउँपालिकाले आफैँ आर्थिक स्रोत जुटाएर समस्तिपुर–गिरन्चौर र हिलेखर्क–बरादी चार किलोमिटर सडक कालोपत्रसहितको स्तरोन्नती थालेको छ ।
गाउँपालिका अध्यक्ष शुक्र चुमानका अनुसार दुई चरणमा दुवै सडक कालोपत्र गरिनेछ । पहिलो चरणमा जोगिनी भञ्ज्याङदेखि वडा नं. ६ को कार्यालयसम्म सडक स्तरोन्नती हुनेछ ।
यसैगरी, गिरन्चौरदेखि सार्तेसम्मको खण्डमा सङ्घीय सरकारबाट विनियोजित रु. छ करोडबाट हिलेखर्क–बरादी सडक चालु आ.व.भित्र पूर्णरूपमा स्तरोन्नती गरिने जनाइएको छ ।

