२०८३, कार्तिक १४ गते शनिबार

किसानलाई कृषि औजार वितरण

किसानलाई कृषि औजार वितरण


  • मेरोभ्यूज
  • जेठ २०, २०८३ बुधबार

  • किसानलाई कृषि औजार वितरण

     

    म्याग्दी । म्याग्दीको मङ्गला गाउँपालिकाले करिब दुई सय जना किसानलाई रु एक करोड बराबरका कृषि औजार वितरण गरेको छ ।

    गाउँपालिकाको केन्द्र बाबियाचौरको माटेबगरमा ५० प्रतिशत अनुदानमा मिनिटेलर हलो, मिल र थ्रेसर मेसिन वितरण गरिएको हो । गाउँपालिकाको कृषि शाखाका प्रमुख विमल रोकाले १४९ वटा मिनिटेलर हलो, ३५ वटा मिल र ११ थान थ्रेसर वितरण गरिएको जानकारी दिए ।

    कृषि कार्यको लागत घटाउन, कृषकहरूको सहजता र समयको बचतका लागि यान्त्रिकीकरणका कार्यक्रममा जोड दिएको गाउँपालिकाका अध्यक्ष सतप्रसाद रोकाले बताए । खेतबारी खनजोतका लागि गोरुको विकल्पमा मिनिटेलरको प्रयोग बढेको छ ।

    एक हल गोरुले तीन दिन लगाउने खेतबारी मिनिटेलरले तीन घण्टामै जोत्न थालेपछि समय र खर्चको बचत हुनुका साथै हलगोरु पाल्नुपर्ने झन्झट हटेको मङ्गला गाउँपालिका–४ की किसान धनमाया रोकाले बताइन् ।

    मिनिटेलरको सुविधा भएपछि हलगोरु पाल्दा घाँस, पानीको जोहो गर्दा हुने झन्झट हटेको किसान नन्दकला सुनारले बताइन् । किसान जगत घर्तीले मिनिटेलर लगायतका उपकरणको प्रयोगबाट कृषि मजदुर नपाउने समस्याबाट मुक्ति मिलेको र समयको बचत भएको बताए ।

    -----


    प्रकाशित : बुधबार, जेठ २० २०८३१०:३७
  • शेयर:


  • मेरोभ्यूज
    मेराेभ्यूज डटकम हेराल्ड कम्युनिकेसन प्रा.लिले सञ्चालनमा ल्याएकाे आधिकारिक न्यूज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, अन्तर्वार्ता, सूचना प्रविधि तथा जीवनका विभिन्न आयामका सम्पूर्ण समाचार र विश्लेषणलाई समूचित रूपमा पस्कने छ।
    प्रतिक्रिया दिनुहोस्
    सम्बन्धित समाचार