२०८३, कार्तिक ११ गते बुधबार

गुडिया र अचार बनाएर आर्जन गर्दै महिला

गुडिया र अचार बनाएर आर्जन गर्दै महिला


  • मेरोभ्यूज
  • आषाढ २८, २०८३ आइतबार

  • गुडिया र अचार बनाएर आर्जन गर्दै महिला

     

    दाङ । यहाँको तुलसीपुर उपमहानगरपालिका–७ निवासी टीकाकुमारी सार्की यसअघि चुलोचौकामा मात्रै सीमित थिइन् । घरायसी काम गर्नेबाहेक अरु केही थिएन । तर, अहिले उनले गुडिया बनाउन सिकेपछि दैनिकी नै फेरिएको छ ।

    “पहिले घरमै बस्ने थिएँ, काम पनि केही हुँदैनथ्यो, तर अहिले गुडिया बनाउन थालेकी छु”, उनले भनिन् ।

    त्यस्तै तुलसीपुर–६ की मीना लामिछाने पनि अहिले अचार बनाउनमा व्यस्त छिन् । घरमा उत्पादन भएको लसुन, खुर्सानी, पाँच, बोडीलगायतका अचार बनाएर बेच्ने गरेकी छिन् । उनीहरु यसरी उद्यममा जोडिएका छन् ।

    आयआर्जनमा जोडिएपछि घर खर्च चलाउन पनि घरका अन्य सदस्यसँग माग्नुपर्ने अवस्थाको अन्त्य भएको छ । “पहिले केही खर्च चाहियो भने पनि घरमा माग्नु पथ्र्यो”, लामिछानेले भनिन्, “अब त हामी आफैँ कमाउने भइसकेका छौँ ।”

    उनीहरू उदाहरण मात्रै हुन् । अहिले तुलसीपुरका महिलाहरू यसरी नै आयआर्जनमा जोडिएका छन् ।

    सेवा प्रतिष्ठान दाङको आयोजना तथा सामाजिक विकास डिभिजन कार्यालय तुलसीपुरको आर्थिक सहयोगमा १५ दिने अचार उत्पादन तथा गुडिया निर्माण तालिम सिकेपछि महिलाहरू स्वरोजगारीमार्फत आम्दानीमा जोडिएका हुन् । तुलसीपुर ६, ७ र ९ नं. वडाका महिलालाई तालिम दिइएको थियो ।

    जसमा २५ जनालाई अचार बनाउने, ४७ जनालाई गुडिया बनाउने तालिम दिएर महिलालाई हाल आयआर्जनमा जोडिएको सामाजिक विकास डिभिजन कार्यालय तुलसीपुरका प्रमुख गिरीराज पाण्डेले बताए ।

    उनका अनुसार महिलाहरूले ११ प्रकारका अचार बनाउन सिकेका छन् भने नौ प्रकारका गुडिया बनाउन सिकेका छन् ।

    खरायो, पाण्डा, गणेश, टायर कुसन, लभकुसन, फलावर कुसन, चारकुने कुसन बनाउन सिकेका हुन् ।

    त्यस्तै बोइलर अचार, मिक्स अचार, टिमुर अचार, बोडीको अचार, करेलाको अचार, कागतीको अचार, भाको छोप, मिक्स अचार, लसुन र अदुवाको अचार बनाउन सिकेका हुन् ।


    प्रकाशित : आइतबार, आषाढ २८ २०८३१०:०९
  • शेयर:


  • मेरोभ्यूज
    मेराेभ्यूज डटकम हेराल्ड कम्युनिकेसन प्रा.लिले सञ्चालनमा ल्याएकाे आधिकारिक न्यूज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, अन्तर्वार्ता, सूचना प्रविधि तथा जीवनका विभिन्न आयामका सम्पूर्ण समाचार र विश्लेषणलाई समूचित रूपमा पस्कने छ।
    प्रतिक्रिया दिनुहोस्
    सम्बन्धित समाचार