२०८३, कार्तिक ११ गते बुधबार

माओवादीको राष्ट्रिय सम्मेलन प्रज्ञा भवनमा, आमसभा नगर्ने 

माओवादीको राष्ट्रिय सम्मेलन प्रज्ञा भवनमा, आमसभा नगर्ने 


  • मेरोभ्यूज
  • मंसिर १६, २०७८ बिहीबार

  • माओवादीको राष्ट्रिय सम्मेलन प्रज्ञा भवनमा, आमसभा नगर्ने 

    काठमाडौं । नेकपा (माओवादी केन्द्र)का राष्ट्रिय सम्मेलन राजधानीको प्रज्ञा भवनमा हुने भएको छ । पार्टी केन्द्रीय कार्यालयमा आज बसेको स्थायी समिति बैठकले सम्मेलनको उद्घाटन र बन्द सत्र प्रज्ञा भवनमा गर्ने निर्णय गरेको माओवादी केन्द्रका कार्यालय सचिव श्रीराम ढकालले जानकारी दिए । 

    माओवादीको राष्ट्रिय सम्मेलन आगामी पुस ११ देखि १३ गतेसम्म आयोजना गरिएको छ । माओवादीले राष्ट्रिय सम्मेलनको उद्घाटन सत्रमा आमसभा भने नगर्ने भएको छ । यस्तै यही मंसिर २५ गते हुने प्रदेश सम्मेलनलाई पार्टी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले भर्चुअल माध्यमबाट सम्बोधन गर्ने निर्णय पनि भएको उनले जानकारी दिए । 

    सात भौगोलिक प्रदेश र उपत्यका विशेष प्रदेशको सम्मेलन यही मंसिर २५ गते हुँदैछ । माओवादीले यही मंसिर ११ गते पालिका सम्मेलन सम्पन्न गरेको थियो । राष्ट्रिय सम्मेलनका विषयमा छलफल गर्न माओवादीको स्थायी समिति बैठक भोलि बिहान ८ बजे पुनः बस्नेछ । 


    प्रकाशित : बिहीबार , मंसिर १६ २०७८०९:२३
  • शेयर:


  • मेरोभ्यूज
    मेराेभ्यूज डटकम हेराल्ड कम्युनिकेसन प्रा.लिले सञ्चालनमा ल्याएकाे आधिकारिक न्यूज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, अन्तर्वार्ता, सूचना प्रविधि तथा जीवनका विभिन्न आयामका सम्पूर्ण समाचार र विश्लेषणलाई समूचित रूपमा पस्कने छ।
    प्रतिक्रिया दिनुहोस्
    सम्बन्धित समाचार