२०८३, कार्तिक ११ गते बुधबार

बजाजले खोल्यो टोखा र ग्रीनल्याण्डमा नयाँ सर्भिस सेन्टर

बजाजले खोल्यो टोखा र ग्रीनल्याण्डमा नयाँ सर्भिस सेन्टर


  • मेरोभ्यूज
  • माघ २१, २०७८ शुक्रबार

  • बजाजले खोल्यो टोखा र ग्रीनल्याण्डमा नयाँ सर्भिस सेन्टर

    काठमाडाैं । नेपालका लागि बजाज मोटरसाइकलको आधिकारिक वितरक हंसराज हुलासचन्द एन्ड कम्पनी प्रालि अन्तर्गत  १५ वर्ष देखि निरन्तर सेवा दिँदै आएको ब्रदर अटो प्रालिले टोखा र ग्रीनल्याण्डमा सम्पूर्ण सुविधा सम्पन्न नयाँ आउटलेट, सेल तथा सर्भिस सेन्टर संचालनमा ल्याएको छ ।

    नेपालमा सबभैन्दा धेरै बिक्री हुने अटोमोबाइल ब्रान्ड बजाजले अझ बढी सुविधा सम्पन्न बजाज सेल्स ,सर्भिस र स्पेयर्स पार्टस देशभर उपलब्ध गराउने उद्देश्यले टोखा र ग्रीनल्याण्डमा आउटलेट सञ्चालनमा ल्याएको हो । सेन्टरमा १५ वर्षदेखिका अनुभवी र दक्ष प्राविधिकबाट सर्भिसिङ गराइने ब्रदर अटो टोखाका सन्चालक दिलिप आचार्यले बताए  ।

    सेन्टरमा ६० मिनेटमा सर्भिसिङको काम सकिने सर्भिस मेनेजर सुमन श्रेष्ठले दाबी गरे । एक दिनमा २० बढी बाइक सर्भिसिङ गर्न सक्ने क्षमता भएको यस सेन्टरमा ग्राहकको सुविधाको लागि प्रतीक्षालय पनि बनाइएकाे छ।

    नयाँ आउटलेट तथा सर्भिस सेन्टरले ग्राहकलाई बाइक खरिद स्पेयर्स पार्टस् तथा एक्ससरिजका लागि समेत सहज बनाउने कम्पनीले जनाएकाे छ। टोखा सर्भिस सेन्टर उद्घाटन गर्दै ब्रदर्स अटोका संचालक विनोद चौलागाईंले भने, 'टोखा आउटलेटमार्फत ग्राहकलाई पूर्ण सन्तुष्टि र सुविधा प्रदान गर्नु हाम्रो जिम्मेवारी हो । यो नयाँ सर्भिस सेन्टरले ग्राहकलाई सहज बनाउनेमा हामी सकारात्मक छौं ।'


    प्रकाशित : शुक्रबार, माघ २१ २०७८०८:४५
  • शेयर:


  • मेरोभ्यूज
    मेराेभ्यूज डटकम हेराल्ड कम्युनिकेसन प्रा.लिले सञ्चालनमा ल्याएकाे आधिकारिक न्यूज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, अन्तर्वार्ता, सूचना प्रविधि तथा जीवनका विभिन्न आयामका सम्पूर्ण समाचार र विश्लेषणलाई समूचित रूपमा पस्कने छ।
    प्रतिक्रिया दिनुहोस्
    सम्बन्धित समाचार