२०८३, कार्तिक ११ गते बुधबार

प्रकाशकीय
नयाँ बिहानीमा नयाँ विचारको सुरुआत

नयाँ बिहानीमा नयाँ विचारको सुरुआत


  • मेरोभ्यूज
  • फाल्गुण १, २०७८ आइतबार

  • नयाँ बिहानीमा नयाँ विचारको सुरुआत

    जनता परिवर्तन चाहन्छन् । थिचोमिचो, अन्याय र अत्याचारका विरुद्ध जहिल्यै विद्रोहको शङ्खघोष गरिरहन्छन् । आफ्ना अधिकारका लागि आफैँ लड्छन्, न्याय र समानताका लागि निरन्तर सङ्घर्ष गरिरहन्छन् । जनतालाई अधिकार सम्पन्न बनाउन परिवर्तन आवश्यक छ । परिवर्तनका लागि विद्रोह अनिवार्य हुन्छ ।

    आज नेपाली जनताले परिवर्तनको विगुल फुकेको दिन अर्थात् ऐतिहासिक २७ औँ जनयुद्ध दिवस । नेपाली राजनीतिक इतिहासमा स्वर्णिम अक्षरले लेखिएको दिन । यहीबाट आम शोषित पीडित जनताको चेतनास्तर उजिल्याउने अभियान शुरु भएको थियो । सामन्ती राजसंस्था र सत्ताको उन्मादमा जनतामाथि थिचोमिचो गर्नेहरू विरुद्ध अभियान चालिएको थियो । जनताको मुक्तिका खातिर आरम्भ गरिएको सशस्त्र युद्धमा जनताको अपार साथ र सहयोग प्राप्त भयो र देशमा नयाँ विहानी उदायो । फलस्वरुपः गणतन्त्र, संघीयता, धर्मनिरपेक्षता, समानुपातिक, समावेशी प्रतिनिधित्वलगायत जनअधिकार स्थापित भए । 

    जनताको सङ्घर्षको बलमा स्थापित उपलब्धि रक्षाका खातिर जनतालाई नै झक्झक्याउनुपर्छ भन्ने मनशायका साथ २७ औँ जनयुद्ध दिवसका पुनित अवसर पारेर हामी जनतामाझ आएका छौँ । हामी जनतासँगै हुनेछौँ । जनअपेक्षा पूरा गराउन सरकारलाई घच्घच्याउने हाम्रो प्रमुख उद्देश्य हुनेछ । भ्रष्टाचार र कुशासन विरुद्ध हाम्रा कलम निरन्तर चलिरहेनछन् ।

    हामी सदैव देश र जनताको पक्षमा उभिनेछौँ । जनताको असली सूचनाको संवाहकका रूपमा हामी प्रस्तुत हुनेछौँ । यो पुनित अवसरमा हाम्रा श्रद्धेय पाठक, विज्ञापनदाता, सहकर्मी, शुभेच्छुक सबैमा हार्दिक आभार व्यक्त गर्न चाहन्छौँ । आगामी दिनमा पनि यहाँहरूको सहृदयी सहयोगको अपेक्षा गर्दछौँ । 

    मेरोभ्यूज परिवार


    प्रकाशित : आइतबार, फाल्गुण १ २०७८०५:४४
  • शेयर:


  • मेरोभ्यूज
    मेराेभ्यूज डटकम हेराल्ड कम्युनिकेसन प्रा.लिले सञ्चालनमा ल्याएकाे आधिकारिक न्यूज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, अन्तर्वार्ता, सूचना प्रविधि तथा जीवनका विभिन्न आयामका सम्पूर्ण समाचार र विश्लेषणलाई समूचित रूपमा पस्कने छ।
    प्रतिक्रिया दिनुहोस्
    सम्बन्धित समाचार