२०८३, कार्तिक ११ गते बुधबार

तालिबानद्वारा महिला अधिकारको रक्षाका लागि निर्देशिका जारी

तालिबानद्वारा महिला अधिकारको रक्षाका लागि निर्देशिका जारी


  • मेरोभ्यूज
  • मंसिर १८, २०७८ शनिबार

  • तालिबानद्वारा महिला अधिकारको रक्षाका लागि निर्देशिका जारी

    काबुल । अफगानिस्तानमा सत्ता सञ्चालन गरिरहेका तालिबानहरुले महिलाको अधिकारको रक्षा गर्ने जनाएका छन् । उनीहरुले महिला अधिकारको रक्षा गर्न नसकेको भनेर विश्वमा नै आलोचना भइरहेका बेला यस्तो प्रतिबद्धता सार्वजनिक गरेका हुन् ।

    यहाँका सर्वाेच्च नेताले सो अधिकारको रक्षाका लागि भन्दै निर्देशिका जारी गरेका हुन् । शुक्रबार यहाँको तालिबान सरकारका सर्वाेच्च नेता हैबतुल्लाह अखुन्जादाले सो निर्देशिका जारी गरेका छन् । उक्त निर्देशिकामा महिलालाई स्वतन्त्रता दिइएको बताइएको छ ।

    उनीहरुले विद्यालय जान पाउने र बिवाहका क्रममा पनि महिलामाथि कुनै दबाब दिन नपाइने बताइएको छ । त्यसैगरी महिलालाई उनीहरुका अधिकारमा जबर्जस्ती गर्न नपाइने बताइएको छ । एकल महिलाले पनि आफ्नो इच्छा बमोजिम विवाह गर्न पाउने कुरा पनि सो कानुनमा जनाइएको छ ।

    त्यसैगरी कुनै पनि व्यक्तिले एकभन्दा बढी श्रीमती राखेको छ भने पनि उसले इस्लामिक कानुनअनुसारका अधिकार महिलालाई दिनुपर्ने कुरा पनि सो कानुनमा जारी गरिएको बताइएको छ । अफगानिस्तानमा महिला अधिकार हनन् भएका कैयौँ उदाहरणहरु रहेका छन् ।

    अहिले तालिबानहरु सत्तामा आएपछि पनि उनीहरुले महिला र बालबालिकालाई अधिकार नदिएका र दबाब दिएका भनी विश्वव्यापी रुपमा आलोचना भएको थियो ।


    प्रकाशित : शनिबार, मंसिर १८ २०७८०९:०९
  • शेयर:


  • मेरोभ्यूज
    मेराेभ्यूज डटकम हेराल्ड कम्युनिकेसन प्रा.लिले सञ्चालनमा ल्याएकाे आधिकारिक न्यूज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, अन्तर्वार्ता, सूचना प्रविधि तथा जीवनका विभिन्न आयामका सम्पूर्ण समाचार र विश्लेषणलाई समूचित रूपमा पस्कने छ।
    प्रतिक्रिया दिनुहोस्
    सम्बन्धित समाचार