२०८३, कार्तिक ११ गते बुधबार

पराजयसँगै कमल थापाकाे असन्तुष्टि
कफन बाँधेर राजसंस्था बोकेर हिंडेको पुरस्कार पाइयो, राजाको भलो होस्

कफन बाँधेर राजसंस्था बोकेर हिंडेको पुरस्कार पाइयो, राजाको भलो होस्


  • मेरोभ्यूज
  • मंसिर १९, २०७८ आइतबार

  • कफन बाँधेर राजसंस्था बोकेर हिंडेको पुरस्कार पाइयो, राजाको भलो होस्

    काठमाडाैं । राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष कमल थापाले पार्टीकाे आन्तरिक राजनीतिमा पूर्वराजा ज्ञानेन्द्र शाहले प्रत्यक्ष हस्तक्षेप गरेकाे भन्दै असन्तुष्टि व्यक्त गरेका छन् । जारी महाधिवेशनबाट अध्यक्षमा युवा नेता राजेन्द्र लिङ्देनसँग पराजित भएपछि ट्वीट गर्दै थापाले पार्टीको आन्तरिक प्रतिस्पर्धामा निर्मल निवासले हस्तक्षेप गरेको आरोप लगाएका हुन् ।

    ‘पार्टीको आन्तरिक प्रतिस्पर्धामा निर्मल निवासको नांगो हस्तक्षेपको भ्रर्तसना गर्दछु,’ थापाले ट्वीटरमा लेखेका छन्, ‘सिंगो मुलुक गणतन्त्रमय भएको बेला शीरमा कफन बाँधेर २०६३ सालदेखि राजसंस्था बोकेर हिँडेको पुरस्कार आज पाइयो । सो एजेण्डाको मूल संवाहकलाई राजनीतिकरुपमा समाप्त पार्न गरिएको चेष्टाले राजाको भलो होस् । हार्दिक शुभकामना ।’


    प्रकाशित : आइतबार, मंसिर १९ २०७८०८:१३
  • शेयर:


  • मेरोभ्यूज
    मेराेभ्यूज डटकम हेराल्ड कम्युनिकेसन प्रा.लिले सञ्चालनमा ल्याएकाे आधिकारिक न्यूज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, अन्तर्वार्ता, सूचना प्रविधि तथा जीवनका विभिन्न आयामका सम्पूर्ण समाचार र विश्लेषणलाई समूचित रूपमा पस्कने छ।
    प्रतिक्रिया दिनुहोस्
    सम्बन्धित समाचार