२०८३, कार्तिक ११ गते बुधबार

स्रोत नखुलेको ७० लाखसहित एक पक्राउ

स्रोत नखुलेको ७० लाखसहित एक पक्राउ


  • मेरोभ्यूज
  • मंसिर १९, २०७८ आइतबार

  • स्रोत नखुलेको ७० लाखसहित एक पक्राउ

    काठमाडाैं । प्रहरीले स्रोत नखुलेको रु ६९ लाख ५० हजार रकमसहित एक जनालाई पक्राउ गरेको छ । महानगरीय प्रहरी परिसर, काठमाडौँ र महानगरीय प्रहरीवृत्त दरबारमार्गको टोलीले उक्त रकमसहित हिरोसी खनाललाई गए राति पक्राउ गरेको हो ।

    महानगरीय प्रहरी परिसर काठमाडौँका प्रवक्ता, प्रहरी उपरीक्षक दिनेशराज मैनालीका अनुसार काठमाडौँ महानगरपालिका–१ दरबारमार्गस्थित विइङ ह्युमन कपडा पसलमा जाँचका क्रममा रकमसहित खनाललाई पक्राउ गरेको हो ।

    पक्राउ परेका खनालसँग प्रहरीले रु एक हजार दरका १०० वटा भएको ४९ बण्डल, रु ५०० दरको १०० वटा भएको ४१ बण्डल र नीलो रङको झोला एक थान बरामद गरेको छ । पक्राउ परेका खनाललाई आवश्यक अनुसन्धान तथा कारबाहीका लागि सम्पत्ति शुद्धीकरण विभाग पुल्चोक पठाइएको प्रहरीले जनाएको छ ।


    प्रकाशित : आइतबार, मंसिर १९ २०७८०७:०१
  • शेयर:


  • मेरोभ्यूज
    मेराेभ्यूज डटकम हेराल्ड कम्युनिकेसन प्रा.लिले सञ्चालनमा ल्याएकाे आधिकारिक न्यूज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, अन्तर्वार्ता, सूचना प्रविधि तथा जीवनका विभिन्न आयामका सम्पूर्ण समाचार र विश्लेषणलाई समूचित रूपमा पस्कने छ।
    प्रतिक्रिया दिनुहोस्
    सम्बन्धित समाचार