२०८३, कार्तिक ११ गते बुधबार

गुण्डागर्दी गरी रकम असुल्ने दुई पक्राउ

गुण्डागर्दी गरी रकम असुल्ने दुई पक्राउ


  • मेरोभ्यूज
  • मंसिर २०, २०७८ सोमबार

  • गुण्डागर्दी गरी रकम असुल्ने दुई पक्राउ

    काठमाडाैं । प्रहरीले काठमाडौँ उपत्यकाका विभिन्न स्थानमा गुण्डागर्दी गरी रकम असुल्ने दुई जनालाई पक्राउ गरेको छ ।

    महानगरीय अपराध महाशाखाको टोलीले काठमाडौँको पानीपोखरीस्थित युनिभर्सल इन्टरनेशनल म्यानपावर कम्पनीका सञ्चालकलाई विदेश पठाएका व्यक्तिबाट लिएको रकममध्ये प्रतिव्यक्ति रु २५ हजारका दरले एकमुष्ठ रु ९० लाख २५ हजार असुल्न खोज्ने काठमाडौँ सुकेधाराका ४० वर्षीय मिलन जोशी र दोलखाका ३५ वर्षीय रविन्द्र बस्नेतलाई आइतबार पक्राउ गरी आज सार्वजनिक गरेको हो ।

    निषेधाज्ञाका कारण म्यानपावर चल्न नसकेको अवस्थामा कमिशन र दशैँ खर्च मागेर सञ्चालक र सञ्चालकका परिवारलाई ज्यान मार्ने धम्की दिएको अभियोगमा उनीहरुलाई पक्राउ गरिएको महाशाखाले जनाएको छ । पक्राउ परेका दुवै जनामाथि ‘आपराधिक लाभ लिएको कसुर’ मुद्दाअन्तर्गत अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।


    प्रकाशित : सोमबार, मंसिर २० २०७८१०:२९
  • शेयर:


  • मेरोभ्यूज
    मेराेभ्यूज डटकम हेराल्ड कम्युनिकेसन प्रा.लिले सञ्चालनमा ल्याएकाे आधिकारिक न्यूज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, अन्तर्वार्ता, सूचना प्रविधि तथा जीवनका विभिन्न आयामका सम्पूर्ण समाचार र विश्लेषणलाई समूचित रूपमा पस्कने छ।
    प्रतिक्रिया दिनुहोस्
    सम्बन्धित समाचार