२०८३, कार्तिक ११ गते बुधबार

भरतपुर अस्पतालमा तीन डाइलासिस मेसिन थपियो

भरतपुर अस्पतालमा तीन डाइलासिस मेसिन थपियो


  • मेरोभ्यूज
  • पौष ६, २०७८ मंगलबार

  • भरतपुर अस्पतालमा तीन डाइलासिस मेसिन थपियो

    चितवन । भरतपुर अस्पतालले  मिर्गाैला डाइलासिस मेसिन कम भएपछि थप गरेको छ । अस्पतालले तीन वटा मेसिन थप गरी सेवा विस्तार गरेको हो ।

    अस्पतालमा यसअघि नौ मेसिनबाट सेवा दिँदै आएकामा तीन थप गरी १२ वटा मेसिनबाट सेवा नियमित दिएको अस्पताल विकास समितिका अध्यक्ष डा भोजराज अधिकारीले बताए । उनका अनुसार समितिले निर्णय गरेर थप तीन वटा मेसिन खरिद गरी जडान गरिसकिएको छ ।

    पुस १ गतेदेखि नै नयाँ जडान गरिएका मेसिनबाट पनि सेवा सुरु भइसकेको उनले जानकारी दिए । अस्पतालमा डायलासिस उपचारका लागि आउने विपन्न बिरामीको रजिष्ट्रेशन र परीक्षण शुल्क मिनाहा गर्ने निर्णयसमेत समितिले गरेको छ ।

    रजिस्ट्रेशन शुल्क मिनाहा पाउने बिरामीको डायलासिसको सिलसिलामा ब्लड सुगर, एस क्रिटिनाइन, सिबिसी र सोडियम पोटासिम परीक्षणसमेत निःशुल्क गर्ने निर्णय भएको अधिकारीको भनाइ छ । अस्पतालमा मेसिनको सङ्ख्या कम हुँदा बिरामीले लामो समय पालो पर्खनुपर्ने बाध्यता थियो ।

    hemodialysis.jpg

    अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट प्रा डा कृष्णप्रसाद पौडेलले मेसिन थप गरी नियमित सेवा दिन थालेपछि बिरामीलाई केही हदसम्म भए पनि सहज भएको बताए । उनले दैनिक चार चरणमा ३५ देखि ४० बिरामीको डाइलासिस गराइरहेको जानकारी दिए ।

    शनिबार दुई चरणमा डाइलासिस गराउँदै आएको उनको भनाइ छ । मिर्गाैला डाइलासिस गराउनुपर्ने बिरामीले हप्तामा कम्तीमा एकपटक गराउनैपर्ने र बिरामीको अवस्था हेरी कसैकसैलाई दुईपटक गर्नुपर्ने उनको भनाइ छ । कतिपय बिरामीले निजी अस्पतालमा डाइलासिस गराइरहेका छन् ।

    प्रा डा पौडेलले कतै पनि डाइलासिस गराउन नपाएका बिरामीलाई प्राथमिकता दिएर सेवा दिँदै आएको बताए । कतिपय बिरामीले भरतपुर अस्पतालमा नाम लेखाए पनि निजीमा डाइलासिस गराउँदै आएका छन् । पौडेलका अनुसार अधिकांश डाइलासिसका बिरामीले भरतपुर अस्पतालमै सेवा लिन चाहन्छन् ।

    यहाँ आउने सबै बिरामीलाई नियमित सेवा दिनका लागि ४० वटा मेसिन आवश्यक पर्ने उहाँको भनाइ छ ।


    प्रकाशित : मंगलबार, पौष ६ २०७८१२:१०
  • शेयर:


  • मेरोभ्यूज
    मेराेभ्यूज डटकम हेराल्ड कम्युनिकेसन प्रा.लिले सञ्चालनमा ल्याएकाे आधिकारिक न्यूज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, अन्तर्वार्ता, सूचना प्रविधि तथा जीवनका विभिन्न आयामका सम्पूर्ण समाचार र विश्लेषणलाई समूचित रूपमा पस्कने छ।
    प्रतिक्रिया दिनुहोस्
    सम्बन्धित समाचार