२०८३, कार्तिक ११ गते बुधबार

ललिता निवास प्रकरणमा मुछिएका सुवेदी दम्पती पक्राउ

ललिता निवास प्रकरणमा मुछिएका सुवेदी दम्पती पक्राउ


  • मेरोभ्यूज
  • पौष ७, २०७८ बुधबार

  • ललिता निवास प्रकरणमा मुछिएका सुवेदी दम्पती पक्राउ

    काठमाडाैं । ललिता निवासको जग्गा हिनामिना प्रकरणमा मुछिएका भनिएका एक दम्पतीलाई प्रहरीले पक्राउ गरेको छ । पक्राउपर्नेमा ५६ वर्षीय रामकुमार सुवेदी र उनकी पत्नी ५२ वर्षीया माधवी सुवेदी रहेका छन् ।

    माधवीलाई ताहाचल र रामकुमारलाई कमलादीबाट पक्राउ गरिएको प्रहरीले जनाएको छ । प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सिआइबी)का प्रवक्ता प्रहरी उपरीक्षक श्यामकुमार महतोका अनुसार उनीहरु ललिता निवास प्रकरणका मुख्य ठेकेदार (विचौलीमा) रहेको र सुरुदेखि अन्तिमसम्मको सम्पूर्ण प्रक्रियामा संलग्न रहेको देखिएको छ ।

    उनीहरुलगायत विरुद्ध अख्तियार दुरुपयोग अनुसन्धान आयोगले यसअघि नै विशेष अदालतमा मुद्दा दायर गरिसकेको छ । पक्राउपछि अनुसन्धानका लागि म्याद थप गर्न अदालत लगिएको पनि महतोले जानकारी दिए । यसअघिको सिआइबीको अनुसन्धानले उनीहरुसहित ४०० जनाविरुद्ध मुद्दा चलाउनुपर्ने निष्कर्ष निकालेको थियो ।


    प्रकाशित : बुधबार, पौष ७ २०७८१०:०७
  • शेयर:


  • मेरोभ्यूज
    मेराेभ्यूज डटकम हेराल्ड कम्युनिकेसन प्रा.लिले सञ्चालनमा ल्याएकाे आधिकारिक न्यूज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, अन्तर्वार्ता, सूचना प्रविधि तथा जीवनका विभिन्न आयामका सम्पूर्ण समाचार र विश्लेषणलाई समूचित रूपमा पस्कने छ।
    प्रतिक्रिया दिनुहोस्
    सम्बन्धित समाचार