२०८३, कार्तिक ११ गते बुधबार

सशस्त्र प्रहरी महानिरीक्षक कप सुरु

सशस्त्र प्रहरी महानिरीक्षक कप सुरु


  • मेरोभ्यूज
  • पौष १२, २०७८ सोमबार

  • सशस्त्र प्रहरी महानिरीक्षक कप सुरु

    काठमाडाैं । सशस्त्र प्रहरी बलको प्रधान कार्यालय हलचोकमा आजदेखि ‘सशस्त्र प्रहरी महानिरीक्षक कप,२०७८’ सुरु भएको छ । प्रतियोगितामा फुटबल, भलिबल र एथलेटिक्सका विभिन्न विधामा खेलाडीबीच प्रतिस्पर्धा हुनेछ । प्रतियोगितामा १८ महिलासहित कूल ३५१ खेलाडीको सहभागिता छ ।

    प्रतियोगितामा सशस्त्र प्रहरी बल प्रशिक्षण प्रतिष्ठान तथा सशस्त्र प्रहरी बल नेपालका बाहिनी मुख्यालयका एक/एक टोलीसहित नौ समूह सहभागी छन् । सशस्त्र प्रहरी अतिरिक्त महानिरीक्षक पुष्पराम केसीले फुटबलका राष्ट्रिय रेफ्री मधुकर आचार्यलाई खेलकुद सामग्री हस्तान्तरण गरी उक्त प्रतियोगिताको शुभारम्भ गरे ।


    प्रकाशित : सोमबार, पौष १२ २०७८०७:०६
  • शेयर:


  • मेरोभ्यूज
    मेराेभ्यूज डटकम हेराल्ड कम्युनिकेसन प्रा.लिले सञ्चालनमा ल्याएकाे आधिकारिक न्यूज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, अन्तर्वार्ता, सूचना प्रविधि तथा जीवनका विभिन्न आयामका सम्पूर्ण समाचार र विश्लेषणलाई समूचित रूपमा पस्कने छ।
    प्रतिक्रिया दिनुहोस्
    सम्बन्धित समाचार