२०८३, कार्तिक ११ गते बुधबार

विमानभित्र महिलाको पेन्टीलाई पुरुषले मास्क बनाएर लगाएपछि...

विमानभित्र महिलाको पेन्टीलाई पुरुषले मास्क बनाएर लगाएपछि...


  • मेरोभ्यूज
  • पौष १२, २०७८ सोमबार

  • विमानभित्र महिलाको पेन्टीलाई पुरुषले मास्क बनाएर लगाएपछि...

    काठमाडाैं । आफ्नै व्यवहारका कारण अदाम जेनलाई युनाइटेड एयरलान्इन्सको उडानबाट निकालिएको छ । उनले महिलाको पेन्टीलाई फेस मास्कको रुपमा लगाएका कारण विमानबाट निकालिएको हो । विमानभित्रका अर्का यात्रुले उनको फुटेज खिचेर अनलाईनमा व्यापक सेयर गरेका थिए ।

    उक्त फुटेजमा देखिए अनुसार अदाम जेनेले गुलाबी थोङ्ग (एक प्रकारको पेन्टी) लाई मास्क झैँ नाक र मुख छोपिने गरी लगाएको देख्न सकिन्थ्यो । विमान फोर्ट लाउडरडालेबाट वासिङटनका लागि उडान भर्ने तयारीमा थियो ।

    विमानभित्रका एक कर्मचारीले भने,‘तपाईँलाई विमानबाट निकालिँदैछ । हामी तपाईँलाई यात्रा गर्न अनुमति दिदैनौँ ।’ फ्लोरिडाका जेनेले पनि भनेको सुन्न सकिन्छ, ‘किन ?’  ? जवाफमा कर्मचारीले मास्कको उचित प्रयोग बारे जानकारी दिए ।

    ३८ वर्षका ती व्यक्तिलाई विमानबाट निकालिएपछि विमानभित्रका अन्य यात्रीले यसको समर्थन गरे । ती व्यक्तिको व्यहार देखेर धेरैजना बाहिरिनका लागि आफ्नो सिटबाट उठिसकेका थिए । 

    उक्त घटनापछि जेनले एउटा भिडियो पनि खिचेका छन् जसमा उनले विमानभित्र मास्कलाई अनिवार्य गरिएको नियमको विरोधमा आफूले यस्तो मूखर्तापूर्ण व्यवहार गरेको स्पष्टिकरण दिएका छन् ।

    युनाइटेड एयरलाइन्सको वेबसाइटका अनुसार विमानभित्र यात्रुले नाक र मुख दुबै छोपिने गरी मास्क लगाउनुपर्छ । जेनले यो शर्त पेन्टीले पूरा गरिदिएको बताए । उनका अनुसार उनलाई युनाइटेड एयरलाइन्सको विमानमा प्रतिबन्ध गरिएको र यस्तै व्यवहार गरेका कारण डेल्टा एयरलाइन्सबाट पनि निकालिएको बताए । 


    प्रकाशित : सोमबार, पौष १२ २०७८०९:४२
  • शेयर:


  • मेरोभ्यूज
    मेराेभ्यूज डटकम हेराल्ड कम्युनिकेसन प्रा.लिले सञ्चालनमा ल्याएकाे आधिकारिक न्यूज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, अन्तर्वार्ता, सूचना प्रविधि तथा जीवनका विभिन्न आयामका सम्पूर्ण समाचार र विश्लेषणलाई समूचित रूपमा पस्कने छ।
    प्रतिक्रिया दिनुहोस्
    सम्बन्धित समाचार