२०८३, कार्तिक ११ गते बुधबार

सुन्दर देखिन कसैको ओठको प्लास्टिक सर्जरी त कसैलाई बोटक्स इन्जेक्सन

सुन्दर देखिन कसैको ओठको प्लास्टिक सर्जरी त कसैलाई बोटक्स इन्जेक्सन


  • मेरोभ्यूज
  • पौष १२, २०७८ सोमबार

  • सुन्दर देखिन कसैको ओठको प्लास्टिक सर्जरी त कसैलाई बोटक्स इन्जेक्सन

    काठमाडाैं । संयुक्त अरब इमिरेट्स (यूएई) को मरुभूमिमा एक अचम्मको सुन्दरी प्रतियोगिताको आयोजना भइरहेको छ । यसले ऊँट पाल्नेलाई कौतुहलता जगाइरहेको  छ । मानिस आफ्नो पोथी ऊँटलाई लिएर यो मरुभूमिमा पुगिरहेका छन् । कुन पोथी ऊँट सबैभन्दा सुन्दर हुने हो भन्ने कुरा पर्खिरहेका छन् । 

    कोरोना भाइरसको ओमिक्रोन भेरियन्ट विश्वव्यापी भएपनि बहराइन, कुवेत, ओमान, साउदी अरब र कतारका ऊँट पाल्नेहरु यूएईएमा आयोजना भएको अल धाफ्रा महोत्सवका लागि आफ्नो सबैभन्दा राम्रो पोथी ऊँट लिएर गएका छन् । एपीका अनुसार यो साता ४० हजारको हाराहारीमा पोथी ऊँट संयुक्त अरब इमिरेट्सको दक्षिण–पश्चिम मरुभूमिमा पुगेका छन् ।

    प्रत्येक वर्ष हुने यो सुन्दरी प्रतियोगितामा पाँच सदस्यीय निर्णायकले (जुरी) सुन्दर पोथी ऊँटमाथि आफ्नो निर्णय सुनाउँछन् । जुरीको सदस्यका अनुसार सुन्दर देखिने विषय आँखाबाट मापन गरिने छैन । उट सौन्दर्य शास्त्रको मूल्यांकनको मापदण्ड पुस्ता पहिले नै निर्धारित गरिन्छ । भाले ऊँट धेरै झगडा गर्ने भएकाले यो प्रतियोगितामा सहभागी नगराइएको हो ।

    आयोजक मध्येका एक मोहम्मद अल–मुहारीले पोथी ऊँटको सुन्दरताको केही मापदण्ड बताएका छन् । उनले एपीलाई बताए अनुसार पोथी ऊँटको गर्धन लामो र पातलो हुन आवश्यक छ । गाला चौडा र खुर ठूलो हुनुपर्छ । ओठ पनि झुन्डिएको हुनुपर्छ । पोथी ऊँटले राम्रो मुद्राका साथै लामो फड्को मारेर हिँड्न आवश्यक छ । यो प्रतियोगिता मानिसको तुलनामा खासै फरक  नभएको अल–मुहारीले बताए ।

    सुन्दरताको मापदण्डलाई लिएर ऊँट पाल्ने मानिस सजग भएका छन् । उनीहरुको पोथी ऊँट प्रतियोगितामा अब्बल होस् भनेर विभिन्न किसिमका कदम उठाइने गरिन्छ । पोथी ऊँटको ओठ बढाउन प्रतिबन्धित बोटक्स सुईकोसमेत प्रयोग गरिन्छ । उनीहरुको हम्प बढाउनका लागि ऊँटलाई सिलिकन मोम इन्जेक्सन लगाइँदै छ । उनीहरुको अनुहार नरम बनाउन र मांसपेशीलाई आराम दिने विषयमा जोड दिइन्छ ।

    ऊँटको प्लास्टिक सर्जरी गराएका थुप्रै प्रतियोगीलाई यस हप्ता अयोग्य घोषित गर्नुभएको थियो भन्ने प्रश्नको जवाफ दिन यस कार्यक्रमका प्रवक्ता अब्देल हादी सालेहले अस्विकार गरे । अल धफरा फेस्टिभलमा प्रवेश पूर्व सबै ऊँट आर्टिफिशियल टच–अप र हर्मोनको जाँच सहित अन्य गहन मेडिकल टेस्टबाट गुुज्रदै आएका छन् ।

    यो प्रतियोगितामा धेरै कुरा जोखिममा पर्छन् । अल धफरा पर्वको प्रत्येक क्याटगोरीमा  शीर्ष १० विजेतालाई १३ सय देखि १३ हजार ६०० डलरको पुरस्कार दिइने गरिन्छ । मुख्य साउदी प्रतियोगितामा सबैभन्दा सुन्दर पोथी ऊँटलाई ६.६ करोड डलरको पुुरस्कार दिइन्छ । पोथी ऊँटको मोलमलाई लाखौँ दिराममा हुने गर्छ ।


    प्रकाशित : सोमबार, पौष १२ २०७८०९:४४
  • शेयर:


  • मेरोभ्यूज
    मेराेभ्यूज डटकम हेराल्ड कम्युनिकेसन प्रा.लिले सञ्चालनमा ल्याएकाे आधिकारिक न्यूज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, अन्तर्वार्ता, सूचना प्रविधि तथा जीवनका विभिन्न आयामका सम्पूर्ण समाचार र विश्लेषणलाई समूचित रूपमा पस्कने छ।
    प्रतिक्रिया दिनुहोस्
    सम्बन्धित समाचार