२०८३, कार्तिक ११ गते बुधबार

मैत्रीपूर्ण भलिबल प्रतियोगितामा पत्रकारको टोली विजयी

मैत्रीपूर्ण भलिबल प्रतियोगितामा पत्रकारको टोली विजयी


  • मेरोभ्यूज
  • पौष १४, २०७८ बुधबार

  • मैत्रीपूर्ण भलिबल प्रतियोगितामा पत्रकारको टोली विजयी

    सुर्खेत । कर्णाली प्रदेशको राजधानी सुर्खेतको वीरेन्द्रनगरमा भएको मैत्रीपूर्ण भलिबल प्रतियोगितामा पत्रकारको टोली विजयी भएको छ ।

    कर्णाली प्रदेश खेलकुद विकास परिषद्को स्थापना दिवसका अवसरमा आज जिल्ला खेलकुद विकास समिति सुर्खेतको खेल मैदानमा पत्रकार र खेलकुद विकास परिषद्का पदाधिकारी तथा कर्मचारीबीच भएको मैत्रीपूर्ण भलिबल खेल प्रतियोगिता भएको थियो ।

    उक्त खेलमा सोझो दुवै सेट आफ्नो हातमा पारेर पत्रकारको टोली विजयी भएको छ । खेलको पहिलो सेट निकै प्रतिस्पर्धात्मक हुँदा खेलकुद पदाधिकारीसँग २४–२२ ले पछाडि परेको पत्रकार टोलीले प्रतिद्वन्द्वी टोलीलाई पछि पार्दै २६–२४ अङ्कले जीत हात पारेको थियो ।

    दोस्रो सेटको खेलमा सुरुबाटै खेलकुद पदाधिकारीको टोलीलाई पछि पार्न सफल पत्रकार टोलीले अन्त्यमा २५–१२ अङ्क बढी ल्याएर जितेको थियो । उक्त प्रतियोगिता पत्रकार टोलीको नेतृत्व केशव ढकालको थियो भने खेलकुद पदाधिकारीको नेतृत्व कर्णाली प्रदेश खेलकुद परिषद्का उपाध्यक्ष प्रमोद हमालले गरेका थिए ।

    विजेता खेलाडीलाई परिषद् स्थापना दिवसका अवसरमा प्रमाणपत्र वितरण गर्ने कार्यक्रम रहेको जनाइएको छ ।


    प्रकाशित : बुधबार, पौष १४ २०७८०९:१९
  • शेयर:


  • मेरोभ्यूज
    मेराेभ्यूज डटकम हेराल्ड कम्युनिकेसन प्रा.लिले सञ्चालनमा ल्याएकाे आधिकारिक न्यूज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, अन्तर्वार्ता, सूचना प्रविधि तथा जीवनका विभिन्न आयामका सम्पूर्ण समाचार र विश्लेषणलाई समूचित रूपमा पस्कने छ।
    प्रतिक्रिया दिनुहोस्
    सम्बन्धित समाचार