२०८३, कार्तिक ११ गते बुधबार

एसियन सेन्ट्रल जोन बिजेता खेलाडीलाई सरकारले जनही ५ लाख पुरस्कार दिने 

एसियन सेन्ट्रल जोन बिजेता खेलाडीलाई सरकारले जनही ५ लाख पुरस्कार दिने 


  • मेरोभ्यूज
  • पौष १४, २०७८ बुधबार

  • एसियन सेन्ट्रल जोन बिजेता खेलाडीलाई सरकारले जनही ५ लाख पुरस्कार दिने 

    काठमाडौं । सरकारले एसियन सेन्ट्रल जोन महिला भलिबल च्यालेन्ज कप बिजेता नेपाली खेलाडीहरुलाई पुरस्कार दिने निर्णय गरेको छ । बुधबार बसेको मन्त्रिपरिषद्को बैठकले सेन्ट्रल जोन महिला भलिबल च्यालेन्ज कप बिजेता खेलाडी, प्रशिक्षक र अफिसियललाई सम्मान पत्रसहित नगद पुरस्कारले सम्मान गर्ने निर्णय गरेको हो । 

    युवा तथा खेलकुदमन्त्री महेश्वर गहतराजको पहलमा मन्त्रिपरिषदको बैठकले उपाधि बिजेता १२ जना खेलाडीलाई जनही ५/५ लाख, २ जना प्रशिक्षकलाई जनही ३ लाख र १ जना अफिसियललाई २ लाख नगदले पुरस्कृत गर्ने निर्णय गरेकोे हो । 

    नेपाली टिमको जितले गौरब र खुसीको अनुभुती भएको उल्लेख गर्दै मन्त्री गहतराजले देशको पहिचान र गौरव बढाउने राष्ट्रिय टिमका खेलाडीहरुलाई नगद राशीले पुरस्कृत गर्ने प्रस्ताव मन्त्रिपरिषद्को बैठकमा लगेका थिए ।  

    बंगलादेशको ढाकामा मंगलबार भएको फाइनल खेलमा नेपाली महिला भलिबल टिमले उज्वेकिस्तानलाई ३–२ को सेटमा हराएको थियो । साविकको विजेता नेपालले उज्वेकिस्तानमाथि रोमाञ्चक जित हात पार्दै उपाधि रक्षा गरेपछि युवा तथा खेलकुद मन्त्री अथकले खुसी ब्यक्त गर्दै बधाई समेत दिनुभएको छ । 

    उपाधि विजेता नेपाली टिम बिहिबार स्वदेश फर्कने कार्यक्रम रहेको छ ।  


    प्रकाशित : बुधबार, पौष १४ २०७८०९:२६
  • शेयर:


  • मेरोभ्यूज
    मेराेभ्यूज डटकम हेराल्ड कम्युनिकेसन प्रा.लिले सञ्चालनमा ल्याएकाे आधिकारिक न्यूज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, अन्तर्वार्ता, सूचना प्रविधि तथा जीवनका विभिन्न आयामका सम्पूर्ण समाचार र विश्लेषणलाई समूचित रूपमा पस्कने छ।
    प्रतिक्रिया दिनुहोस्
    सम्बन्धित समाचार