२०८३, कार्तिक ११ गते बुधबार

एभरेष्ट अस्पतालमा ‘होल बडी चेकअप’ गर्दा २० प्रतिशत छुट पाइने    

एभरेष्ट अस्पतालमा ‘होल बडी चेकअप’ गर्दा २० प्रतिशत छुट पाइने    


  • मेरोभ्यूज
  • पौष १५, २०७८ बिहीबार

  • एभरेष्ट अस्पतालमा ‘होल बडी चेकअप’ गर्दा २० प्रतिशत छुट पाइने    

    काठमाडौं । एभरेष्ट अस्पताल प्रालिले नयाँ वर्षको अवसरमा विशेष छुट प्याकेज ल्याएको छ । नयाँ बानेश्वरमा अवस्थित एभरेष्ट अस्पतालले अंग्रेजी नयाँ वर्ष २०२२ को अवसरमा ‘होल बडी चेकअप’ गर्ने सबै सेवाग्राहीका लागि २० प्रतिशत छुट दिने घोषणा गरेको हो ।   

    एभरेष्ट अस्पतालको प्रशासकीय प्रमुख दिपकचन्द्र बरालले नयाँ वर्षको अवसरमा अस्पतालले ‘होल बडी चेकअप’ गर्ने सबै सेवाग्राहीलाई २० प्रतिशत छुट दिने जानकारी दिए । उनले भने, ‘एभरेष्ट अस्पतालले प्रत्येक बर्ष केही न केही नयाँ अफरहरु दिँदै आएको छ । यस वर्षका लागि पनि अस्पतालले नयाँ ५ प्याकेजहरु लिएर आएको छ ।’ 

    उनको अनुसार पाँच प्याकेजहरु पूर्ण डाइबिटिज प्याकेज, आंशिक डाइबिटिज प्याकेज, मास्टर हेल्थ प्याकेज, सामान्य गाइनोलोजिस्ट हेल्थ प्याकेज, फुल कार्डियोलोजिस्ट हेल्थ प्याकेज रहेका छन् । पुस १६ गतेबाट पुस २५ गतेसम्ममा होलबडी चेकअप गर्ने बिरामीहरुले २० प्रतिशतसम्म छुट पाउने छन् ।

    यसका साथै बिहानको ६.३० बजे भन्दा अगाडि मधुमेहका बिरामीले जाँच गराउदा १०० प्रतिशत छुटको व्यवस्था पनि राखेको छ ।  


    प्रकाशित : बिहीबार , पौष १५ २०७८०८:१३
  • शेयर:


  • मेरोभ्यूज
    मेराेभ्यूज डटकम हेराल्ड कम्युनिकेसन प्रा.लिले सञ्चालनमा ल्याएकाे आधिकारिक न्यूज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, अन्तर्वार्ता, सूचना प्रविधि तथा जीवनका विभिन्न आयामका सम्पूर्ण समाचार र विश्लेषणलाई समूचित रूपमा पस्कने छ।
    प्रतिक्रिया दिनुहोस्
    सम्बन्धित समाचार