२०८३, कार्तिक ११ गते बुधबार

जनकपुर बोल्ट्सलाई बधाई : अध्यक्ष ठाकुर

जनकपुर बोल्ट्सलाई बधाई : अध्यक्ष ठाकुर


  • मेरोभ्यूज
  • पौष ६, २०८१ शनिबार

  • जनकपुर बोल्ट्सलाई बधाई : अध्यक्ष ठाकुर

    काठमाडौं । लोकतान्त्रिक  समाजबादी पार्टी  (लोसपा) अध्यक्ष महन्थ ठाकुरले पहिलो संस्करणको नेपाल प्रिमियर लिग (एनपिएल)को उपाधि जित्न सफल जनकपुर बोल्ट्सलाई बधाई दिएका छन् ।

    साथै उनले प्रतियोगितामा सहभागी सबैलाई शुभकामना दिँदै आगामी संस्करणहरूमा अझ राम्रो गर्ने विश्वास व्यक्त गरेका छन् ।

    अध्यक्ष ठाकुरले नेपालको प्रथम नेपाल प्रिमियर लिग (एनपिएल) मा फाइनल म्याचको उपाधि विजेता टीम जनकपुर बोल्ट्सलाई  हार्दिक बधाई एवं शुभकामना व्यक्त गर्दछु । उपविजेता सुदुरपश्चिम् रोयल र लिगमा सहभागी अन्य सम्पूर्ण टीमलाई बधाई छ ।

    नेपाली क्रिकेटको महापर्व #NPL2024 भव्य र सभ्य रूपमा सम्पन्न भएको छ। यसले नेपाली खेलाडीहरूको क्षमता अभिवृद्धि गर्न महत्त्वपूर्ण योगदान गरेको छ ।

    प्रतियोगितामा सहभागी सबै टिम, आयोजक, व्यवस्थापक, खेलप्रेमी दिदीबहिनी तथा दाजुभाइमा हार्दिक धन्यवाद व्यक्त गर्दछु ।


    प्रकाशित : शनिबार, पौष ६ २०८११०:०७
  • शेयर:


  • मेरोभ्यूज
    मेराेभ्यूज डटकम हेराल्ड कम्युनिकेसन प्रा.लिले सञ्चालनमा ल्याएकाे आधिकारिक न्यूज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, अन्तर्वार्ता, सूचना प्रविधि तथा जीवनका विभिन्न आयामका सम्पूर्ण समाचार र विश्लेषणलाई समूचित रूपमा पस्कने छ।
    प्रतिक्रिया दिनुहोस्
    सम्बन्धित समाचार