२०८३, कार्तिक ११ गते बुधबार

जन्तीढुङ्गा क्षेत्रलाई पर्यटकीय केन्द्रका रूपमा विकास गरिने

जन्तीढुङ्गा क्षेत्रलाई पर्यटकीय केन्द्रका रूपमा विकास गरिने


  • मेरोभ्यूज
  • पौष ८, २०८१ सोमबार

  • जन्तीढुङ्गा क्षेत्रलाई पर्यटकीय केन्द्रका रूपमा विकास गरिने

    दाङ । तुलसीपुर उपमहानगरपालिका–१३ मा रहेको जन्तीढुङ्गा संरक्षणका लागि स्थानीय सरकारले पहल सुरु गरेको छ ।

    त्यस क्षेत्रलाई पर्यटकीय क्षेत्रका रूपमा विकास गर्न पहल थालेको तुलसीपुर उपमहानगरपालिका–१३ का वडाध्यक्ष मोहन पौडेलले जानकारी दिए । उनका अनुसार वडाले त्यसको संरक्षणका लागि चारैतिरबाट तारबार गरिसकेको छ ।

    यसपटक पनि सो क्षेत्रको विकास गर्न वडाबाट केही रकम विनियोजन गरिएको वडाध्यक्ष पौडेलले बताए । यसैबीच सो क्षेत्रको तुलसीपुर उपमहानगरपालिकाका प्रमुख टीकाराम खड्काले स्थलगत निरीक्षण गरेको थियो ।    
    सो अवसरमा नगरप्रमुख खड्काले मानव उत्पत्तिका क्रममा मानव कङ्काल फेलापरेको तुही उपत्यकाभित्र पर्ने जन्तीढुङ्गाको संरक्षणमा विस्तृत आयोजना प्रतिवेदन (डिपिआर)अनुसार बजेट व्यवस्थापन गरिने जानकारी दिए ।

    नगरप्रमुख खड्काले यस क्षेत्रको बाघढुङ्गा, हात्तीढुङ्गा र जन्तीढुङ्गाको संरक्षण गरी यस क्षेत्रको पर्यटकीय केन्द्रका रूपमा विकास गरिने बताए । वडा नम्बर १४ वडाध्यक्ष शङ्कर खड्काले जन्तीढुङ्गा क्षेत्रमा खानेपानी, विद्युत् विस्तार सुरु गरिएको जानकारी दिए ।

    जन्तीढुङ्गा संरक्षण समितिका अध्यक्ष हुमबहादुर नेपालीले संरक्षणका लागि विगतदेखि नै प्रचारप्रसार गर्दै आएको बताए । पौराणिककालमा जन्ती जाने क्रममा सोही ठाउँमा पुगेको समयमा रात परेको र सोही ठाउँमा अर्को दिन ती जन्तीढुङ्गाका रूपमा प्रतीक रहेको भन्ने जनविश्वास रहेको छ । करिब एक बिघा क्षेत्रफलमा जोडिएर हजारौँ ढुङ्गा त्यहाँ रहेका छन् ।


    प्रकाशित : सोमबार, पौष ८ २०८१११:१३
  • शेयर:


  • मेरोभ्यूज
    मेराेभ्यूज डटकम हेराल्ड कम्युनिकेसन प्रा.लिले सञ्चालनमा ल्याएकाे आधिकारिक न्यूज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, अन्तर्वार्ता, सूचना प्रविधि तथा जीवनका विभिन्न आयामका सम्पूर्ण समाचार र विश्लेषणलाई समूचित रूपमा पस्कने छ।
    प्रतिक्रिया दिनुहोस्
    सम्बन्धित समाचार