२०८३, कार्तिक ११ गते बुधबार

शहीद स्मारक ए डिभिजन लिग : हिमालयन शेर्पा विजयी

शहीद स्मारक ए डिभिजन लिग : हिमालयन शेर्पा विजयी


  • मेरोभ्यूज
  • पौष १९, २०७८ सोमबार

  • शहीद स्मारक ए डिभिजन लिग : हिमालयन शेर्पा विजयी

    काठमाडाैं । राजधानीमा जारी शहीद स्मारक ‘ए’ डिभिजन लिग फुटबल प्रतियोगिताअन्तर्गत आज भएको खेलमा हिमालयन शेर्पा क्लब विजयी भएको छ ।

    त्रिपुरेश्वरस्थित दशरथ रङ्गशालामा भएको साताैँ चरणको अन्तिम खेलमा हिमालयन शेर्पाले नवप्रवेशी सातदोबाटो युथ क्लबलाई १–० गोल अन्तरले पराजित गर्दै विजयी भएको हो । हिमालनय शेर्पालाई जीत दिलाउन कप्तान विश्वास श्रेष्ठले निर्णायक गोल गरे ।

    उनले खेलको ४४औँ मिनेटमा पेनाल्टीमार्फत गरेको एक गोल नै हिमालयन शेर्पाका लागि निर्णायक गोल सावित भयो । खेलको ४२ औँ मिनेटमा सातदोबाटोका पिटर सेगुनले पेनाल्टी क्षेत्रमा त्रिदेव गुरुङलाई फाउल गरेपछि रेफ्री प्रज्ज्वल क्षेत्रीले हिमालन शेर्पालाई पेनाल्टीको अवसर दिए, जसमा विश्वासले गोल गरे ।

    यस्तै खेलको इन्जुरी समयमा सातदोबाटोले पनि पेनाल्टीको अवसर पाएको थियो । तर सातदोबाटोका मार्टिन सिलोले पेनाल्टीमा गोल गर्न सकेनन् । यस जीतसँगै हिमालयन शेर्पाले सात खेलमा ११ अङ्क जोडेको छ ।

    हिमालनय शेर्पा अङ्क तालिकाको पाँचौँ स्थानमा उक्लेको छ । यसअघि हिमालयन शेर्पा नवौँ स्थानमा रहेको थियो । शेर्पाले सातौँ चरणको खेल सकिँदासम्म तीन जीत, दुई बराबरी र दुई हारको नतिजा निकालेको छ ।

    समान सात खेल नै खेलेको सातदोबाटोको भने आठ अङ्क रहेको छ । पराजित सातदोबाटो अङ्क तालिकाको आठौँ स्थानमा झरेको छ । सात खेलमा सातदोबाटोले दुई खेलमा जीत, तीन खेलमा हार तथा दुई खेलमा बराबरीको नतिजा ल्याएको छ ।


    प्रकाशित : सोमबार, पौष १९ २०७८१०:४२
  • शेयर:


  • मेरोभ्यूज
    मेराेभ्यूज डटकम हेराल्ड कम्युनिकेसन प्रा.लिले सञ्चालनमा ल्याएकाे आधिकारिक न्यूज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, अन्तर्वार्ता, सूचना प्रविधि तथा जीवनका विभिन्न आयामका सम्पूर्ण समाचार र विश्लेषणलाई समूचित रूपमा पस्कने छ।
    प्रतिक्रिया दिनुहोस्
    सम्बन्धित समाचार