२०८३, कार्तिक ११ गते बुधबार

करातेमा नेपाललाई चार स्वर्ण

करातेमा नेपाललाई चार स्वर्ण


  • मेरोभ्यूज
  • पौष २०, २०७८ मंगलबार

  • करातेमा नेपाललाई चार स्वर्ण

    काठमाडाैं । बङ्गलादेशमा सम्पन्न बि–जी कराते च्याम्पियनसिपमा नेपालले सितोरियो करातेमा चार स्वर्ण पदक जितेको छ । बङ्गलादेश गोजुरियो कराते महासङ्घको सहयोग तथा बङ्गलादेश बशप सङ्घको आयोजनामा भएको उक्त प्रतियोगितामा नेपालका डिजेन डोल्मा लामाले दुई तथा पासाङ तामाङ र ग्याल्मो सोमिका लामाले एक एक स्वर्ण प्राप्त गरेका छन् ।

    डिजेनले कुमिते र कातामा गरी दुई स्वर्ण जितिन । पासाङले ७० किलो तौल समूहको कातातर्फ तथा ग्याल्मोले ३५ किलो तौल समूहको कुमितेतर्फ स्वर्ण प्राप्त गरेको टोली व्यवस्थापक रामकुमार श्रेष्ठले जानकारी दिए । श्रेष्ठका अनुसार नेपाली टोलीले थप दुई रजत र पाँच कास्य पदकसमेत प्राप्त गरेको छ ।

    पासाङ तामाङले ७० किलो र राजदेव बमजनले ६५ किलो तौल समूहको कुमितेतर्फ रजत प्राप्त गरेका हुन् । त्यसैगरी रवीन्द्र कुँवरले खुलातर्फ, युरोडिस रोक्काले ६० किलो, उमेश भण्डारीले ५५ किलो, रविना बुढाथोकीले ४५ किलो तथा उमङ्ग बुढाथोकीले १४ वर्षमुनि उमेर समूहमा कास्य पदक प्राप्त गरेका छन् ।

    सो च्याम्पियनसिपमा नेपालका छत्रबहादुर आले मगर, रामचन्द्र गुरुङ, नारायण श्रेष्ठ, प्रकाश तामाङ लामा, मिङ्मा तामाङ र गणेशलाल श्रेष्ठले निर्णायकको भूमिका निर्वाह गरेका थिए ।


    प्रकाशित : मंगलबार, पौष २० २०७८०८:३९
  • शेयर:


  • मेरोभ्यूज
    मेराेभ्यूज डटकम हेराल्ड कम्युनिकेसन प्रा.लिले सञ्चालनमा ल्याएकाे आधिकारिक न्यूज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, अन्तर्वार्ता, सूचना प्रविधि तथा जीवनका विभिन्न आयामका सम्पूर्ण समाचार र विश्लेषणलाई समूचित रूपमा पस्कने छ।
    प्रतिक्रिया दिनुहोस्
    सम्बन्धित समाचार